
भक्तपुर ।चाँगुनारायण नगरपालिकाद्वारा आयोजित “राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय वृहत खेलकुद प्रतियोगिता–२०८२” मा नवीन इङ्लिस स्कुलका विद्यार्थीहरूले विभिन्न विधामा उल्लेखनीय सफलता हासिल गरेका छन्।

प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ १ रजत र १ कास्य, करातेतर्फ १ स्वर्ण, ३ रजत र ८ कास्य, तेक्वान्दोतर्फ १ कास्य पदक प्राप्त गर्न सफल भएका छन्। यसैगरी क्रिकेटतर्फ उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गरेका विद्यार्थीहरूले विद्यालयको गरिमा बढाएका छन्।

क्रिकेटतर्फ व्यक्तिगत विधामा सन्दिप तामाङ ‘Best Batsman’ र आगमन गेलाल ‘Best Bowler’ घोषित भएका छन्।उक्त सफलतामा कराते प्रशिक्षक निशान राई तथा क्रिकेट प्रशिक्षकहरू निरञ्जन कुँइकेल र अंकित रेग्मीको महत्वपूर्ण योगदान रहेको विद्यालयले जनाएको छ। साथै शिक्षक–शिक्षिका र अभिभावकहरूको सहयोगले विद्यार्थीहरूलाई सफल बनाउन भूमिका खेलेको विद्यालय प्रशासनको भनाइ छ।

विद्यालयले सम्पूर्ण विजेता विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ।














