News Portal

  • विनायक शिक्षा निकेतनको ३८औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण भब्यरुपमा म्पन्न

    दोलागिरि संवाददाता२०८२ चैत्र २८
    १३ पटक

    २७ चैत्र २०८२ मध्यपुर ठिमी, भक्तपुर — शिक्षा, सभ्यता र संस्कृतिको समन्वयमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउँदै आएको मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले २०८२ साल चैत्र २७ गते आफ्नो ३८औँ वार्षिकोत्सव तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षासेवी–संस्कृतिविद् गणेशराम लाछीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रमको सुरुवातमा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथिहरूलाई सम्मानपूर्वक स्वागत गर्नुभयो।


    कार्यक्रममा कक्षा १ देखि १० सम्मका विभिन्न विधामा उत्कृष्ट पाँच–पाँच जना विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, खेलकुद सप्ताह २०८२ का विजेता विद्यार्थीहरूलाई समेत पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले कक्षागत रूपमा विविध सांस्कृतिक प्रस्तुति पस्कँदै उपस्थित दर्शकहरूको मन जितेका थिए।


    यसै अवसरमा विद्यालयका चालक दिपेश योन्जनलाई “उत्कृष्ट कर्मचारी पुरस्कार” प्रदान गरी सम्मान गरिएको थियो।
    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालय स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित रहेको बताउनुभयो। उहाँले अभिभावक तथा शुभेच्छुकहरूको निरन्तर साथ र सहयोगले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागिताको अवसर प्रदान गर्न सफल भएको पनि उल्लेख गर्नुभयो।


    विद्यालय व्यवस्थापन समिति सदस्य उषा प्रजापति, अभिभावक नरेन्द्र अवाल लगायत अभिभावक तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा आयोजना गरिएको थियो।
    कार्यक्रमले विद्यालयको शैक्षिक उपलब्धि, अनुशासन र सांस्कृतिक समृद्धिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

    प्रतिकृया दिनुहोस्