
भक्तपुर, चैत ८ — सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुर (बाचामारी) स्थित मदरल्याण्ड स्कुलले “मदरल्याण्ड ट्यालेन्ट फेस्ट–२०८२” भव्य रुपमा सम्पन्न गरेको छ। नृत्यतर्फ “मदरल्याण्ड डान्स आइकन” र गायनतर्फ “भ्वाइस अफ मदरल्याण्ड सिजन–१” शीर्षकमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गरेको छ
कार्यक्रममा कक्षा १ देखि माथिका विद्यार्थीहरूले जुनियर र सिनियर समूहमा प्रतिस्पर्धा गरेका थिए। गायनतर्फ जुनियर समूहबाट कक्षा ४ का जेशिक नेपाल तथा सिनियर समूहबाट कक्षा ५ का न्यूरोण लोहोला विजेता बने। त्यस्तै नृत्यतर्फ जुनियर समूहमा कक्षा ३ की स्तुति राणामगर र सिनियर समूहमा कक्षा ६ की एप्रिल शिल्पकारले उपाधि जित्न सफल भए।
भ्वाइस अफ मदरल्याण्ड (जुनियर) मा कुशल घिमिरे प्रथम उपविजेता, सनुप दाहाल द्वितीय उपविजेता, ईभा सुकुभट्टु तृतीय उपविजेता र प्रिन्स थापा चौंथो उपविजेता बने। सिनियरतर्फ आयन योन्जन प्रथम उपविजेता, पूर्णिमा खत्री द्वितीय, आयन जंग कटवाल तृतीय र लकिशा भण्डारी चौंथो उपविजेता घोषित भए।
त्यसैगरी डान्स आइकन (जुनियर) मा यशिका प्रधान प्रथम उपविजेता, रूगोशा नेपाल द्वितीय, रियान्श बोहरा तृतीय र रक्षिका कासुला चौंथो उपविजेता बने। सिनियरतर्फ झरणा देउवा प्रथम उपविजेता, जेशिका श्रेष्ठ द्वितीय, जेनिशा तामाङ तृतीय र ऋतु तामाङ चौंथो उपविजेता घोषित भए
कार्यक्रमका इभेन्ट मेनेजर तथा सिनियर कोरियोग्राफर सुमि वानियाका अनुसार बालबालिकामा निहित प्रतिभा प्रस्फुटन गराउँदै सानै उमेरदेखि उनीहरूको क्षमता पहिचान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सहभागी सबै प्रतियोगीलाई विभिन्न अवार्डमार्फत सम्मान गरिएको उनले जानकारी दिइन्।
विद्यालयकी कार्यकारी प्रमुख शर्मिला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न कटवाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले विद्यालयले अभिभावकको सहभागितामा यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गरे।
कार्यक्रममा सेलिब्रेटी अतिथिका रूपमा वरिष्ठ डान्स कोरियोग्राफर तथा मोडल शेखर घर्तीमगरको उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। गायनतर्फ गायक तथा संगीतकार राजेन्द्र बजगाईं र गायक राजानन्द माण्डव्य निर्णायकका रूपमा रहेका थिए भने नृत्यतर्फ रोडिज–६ का उपविजेता अर्वीन चन्द ठकुरी र कोरियोग्राफर अश्वीन गुरुङ निर्णायक मण्डलमा रहेका थिए।
यसैगरी शास्त्रीय नृत्यका महेश प्रकाश हाडा, प्रोफेसर रामबाबु खत्री लगायत कला र सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै सिर्जनात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको












