News Portal

  • शिक्षालय कलेजद्वारा २०८२ ब्याचका नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

    दोलागिरि संवाददाता२०८२ पौष ७
    ३९ पटक

    भक्तपुर २०८२पुस ६ । शिक्षालय कलेजले बी.एस्सी. कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (BSc CSIT) तथा बीबीए कार्यक्रम अन्तर्गत २०८२ ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

    भक्तपुरको लोकन्थलीस्थित निर्मल ब्याङ्क्वेटमा आयोजित कार्यक्रम समृद्धि समूहका अध्यक्ष मनोहर कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो। सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. सुवर्ण शाक्य कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रममा कोड अभातार टेक प्रा.लि.का रमेश्वर कुमार, फ्युज मेसिन्सका डाटा इन्जिनियर सुशन कट्टेल, भि–चित्राका डिजिटल मिडिया तथा कन्टेन्ट प्रमुख रसान डंगोल तथा स्किल ल्याबकी अफिसर सानु माया भोलनलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    शिक्षालय कलेजका प्रबन्ध निर्देशक सन्दीप श्रेष्ठले स्वागत मन्तव्य राख्दै कलेजको शैक्षिक दृष्टिकोण, गुणस्तरीय शिक्षा र विद्यार्थी–केन्द्रित शिक्षण प्रणालीबारे जानकारी गराउनुभयो। उहाँले एकपटकको सिकाइले जीवनभर व्यवहारगत परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै शिक्षालय यही मूल्यमान्यतालाई केन्द्रमा राखेर आफ्ना शैक्षिक कार्यक्रम अघि बढाइरहेको बताउनुभयो।
    विशेष अतिथि रमेश्वर कुमारले “सूचना प्रविधि क्षेत्रको भविष्य, उदाउँदा प्रवृत्ति, आवश्यक सीप र करियर अवसर” विषयमा सम्बोधन गर्नुभयो। त्यस्तै, डाटा इन्जिनियर सुशन कट्टेलले प्रविधि क्षेत्रमा आफ्नो अनुभव प्रस्तुत गर्नुभयो भने रसान डंगोलले कर्पोरेट सफलताका लागि आवश्यक सीप विकासबारे विचार व्यक्त गर्नुभयो।

    प्रमुख अतिथि प्रा.डा. सुवर्ण शाक्यले अनुशासन, सीप र निरन्तर अभ्यासमार्फत विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न सक्ने शैक्षिक सफलता हासिल गर्न सक्ने बताउनुभयो।
    कार्यक्रमको अध्यक्षता गर्दै मनोहर कुमार भट्टराईले शिक्षालय कलेजले व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न व्यवसायिक संस्थासँग सहकार्य गर्दै आएको जानकारी गराउनुभयो।

    कार्यक्रमको समापनमा आशुतोष रिमालले सबैलाई धन्यवाद दिँदै शिक्षालय कलेजले सिकाइलाई दैनिक जीवन र व्यवहारमा लागू गर्न सक्ने ढंगले शिक्षा प्रदान गर्दै आएको बताउनुभयो।

    प्रतिकृया दिनुहोस्