News Portal

  • नेसनल प्याव्सन भक्तपुरको “स्पोर्ट्स ईभेन्ट–२०८२” भब्यरुपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८२ मंसिर २०
    ७५ पटक

    भक्तपुर/ मंसिर १८
    नेसनल प्याव्सन भक्तपुरको आयोजनामा मंसिर १५ देखि १८ गतेसम्म सञ्चालन भएको अन्तर विद्यालय खेलकूद प्रतियोगिता “स्पोर्ट्स ईभेन्ट–२०८२” भव्यरुपमा सम्पन्न भएको छ। समापन समारोह जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

    यस वर्षको माध्यमिक तह छात्र फुटसल प्रतियोगितामा यूनिटी स्कुल विजेता बन्न सफल रह्यो भने ऋतम्भरा पाठशाला द्धितीय, ईडेन गार्डेन तृतीय तथा मदरल्याण्ड स्कुलले सान्त्वना स्थान हासिल गरे। फेयर प्ले टिमको उपाधि आरक्षण नेसनल स्कुलले प्राप्त गर्‍यो। उत्कृष्ट खेलाडि यूनिटीका कुमार सुनारी मगर, उत्कृष्ट गोलकिपर ऋतम्भराका आशिष लुईटेल तथा सर्वाधिक गोलकर्ता ईडेन गार्डेनका विपिन खड्का घोषित भए।

    आधारभूत तहको छात्र फुटसलमा ईडेन गार्डेन स्कुल विजेता बन्न सफल रह्यो भने द्धितीय स्थान पाथिभरा एकेडेमी, तृतीय मदरल्याण्ड स्कुल र सान्त्वना स्थान ऋतम्भरा पाठशालाले प्राप्त गर्‍यो। फेयर प्ले अवार्ड जागृति विद्या सदनले हात पार्‍यो। उत्कृष्ट खेलाडि तथा सर्वाधिक गोलकर्ता दुवै उपाधि ईडेन गार्डेनका अनिश मगरले जिते भने उत्कृष्ट गोलकिपर पाथिभरा एकेडेमीका मल्लभजंग थापा घोषित भए।

    माध्यमिक तह छात्रा भलिबलतर्फ ग्लीटर फ्यूचर स्कुलले विजेता बनेको घोषणा गरियो। ऋतम्भरा पाठशाला द्धितीय तथा आरक्षण नेसनल एकेडेमीईडेन गार्डेन स्कुल दुवैले तृतीय स्थान प्राप्त गरे। फेयर प्ले टिम मदरल्याण्ड स्कुल रह्यो।

    माध्यमिक तह छात्रा व्याडमिन्टनतर्फ आरक्षण नेसनल स्कुलकी सेलेस्टिना कार्की प्रथम, ऋतम्भराकी अभि खत्री द्धितीय तथा मदरल्याण्डकी प्रतिज्ञा नेपालीपाथिभराकी सजिना प्रधानाङ्ग तृतीय बने। त्यस्तै माध्यमिक तह छात्र व्याडमिन्टनमा ऋतम्भराका आशिष लुईटेल प्रथम, पाथिभराका कृष्टोफे थापा मगर द्धितीय, ग्लीटर फ्यूचरका सोहित तामाङआरक्षण नेसनलका कसम कोइराला तृतीय घोषित भए। उदयमान खेलाडि उपाधि ईडेन गार्डेनका दिप्सन कार्कीजागृति विद्या सदनकी ह्यागं सिका राईले जिते।

    माध्यमिक तह टेबल टेनिसमा पनि ऋतम्भराका आशिष लुईटेलले विजेता शीर्षक जिते भने उपविजेता मदरल्याण्डका रविन भट्ट बने। तृतीय स्थान यूनिटीका समीर पुरीजागृति स्कुलका उज्ज्वल कार्कीले साझा गरे। उदयमान खेलाडिको उपाधि ईडेन गार्डेनका अभिरल श्रेष्ठले जिते।

    समापन समारोहमा नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य तथा खेलकूद समन्वय संयोजक अनिश राईले प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको बताउँदै विद्यार्थीको खेल क्षमताले राष्ट्रिय स्तरसम्म अघि बढ्ने विश्वास व्यक्त गरे।
    त्यस्तै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले खेलकूदले विद्यार्थीलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउने मात्र नभई अनुशासन, मैत्रीभाव र प्रतिस्पर्धात्मक आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विजेता स्कुल, सहभागी टिम, निर्णायक, आयोजक तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरे।

    प्रतिकृया दिनुहोस्

    Oplus_0