News Portal

  • प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्लास्तरीय PABSON CUP फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८२ मंसिर १८
    ३१ पटक

    भक्तपुर । प्याब्सन जिल्ला कार्यसमिति–भक्तपुरद्वारा आयोजित जिल्लास्तरीय PABSON CUP फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। जिल्लाका ७५ वटा विद्यालयबीच सम्पन्न नगरस्तरीय छनोट प्रतियोगिताबाट आएका १६ विद्यालयले मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

    प्रतियोगितामा एडभान्स एकेडेमीले प्रथम, प्रज्ञा इ. स्कुलले द्वितीय, विनायक शिक्षा निकेतनले तृतीय तथा ग्लोबल एकेडेमीले चौथो स्थान हासिल गर्न सफल भए।

    समापन कार्यक्रम प्रतियोगिता संयोजक तथा जिल्ला कार्यसमितिका उपाध्यक्ष विजय कर्माचार्यको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, प्याब्सन केन्द्रीय सचिव चन्द्र अधिकारी, केन्द्रीय सचिवालय सदस्य सुरेन्द्र श्रेष्ठलगायतले विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा मेडल प्रदान गरे।

    समापन समारोहमा जिल्ला अध्यक्ष राजन कसपालले प्याब्सनद्वारा संचालित विविध शैक्षिक तथा सह-पाठ्यक्रम गतिविधिबारे प्रकाश पार्दै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीको क्षमतावृद्धिमा ठूलो भूमिका रहने उल्लेख गरे।
    त्यसैगरी ECA सह–संयोजक कृष्ण कार्कीले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन सूनपा प्याब्सन सचिव खुम शर्माचानपा सचिव राम निरौलाले संयुक्त रूपमा गरे।

    कार्यक्रममा जिल्ला व.उपाध्यक्ष निलेश आचार्य, सल्लाहकार धर्मरत्न खाइतू, सचिव सूर्य भण्डारी, नगर अध्यक्षहरू – सुमन बस्नेत, विनोद काफ्ले, टंक सितौला, सूनपा कोषाध्यक्ष के.वि. ङाखुसीलगायतको उपस्थिति थियो।
    प्रतियोगिता हेल्डी फुटसल, इटबुँमा सम्पन्न भएको हो। स्वास्थ्य सेवा मध्यपुर हस्पिटल, थिमीले प्रदान गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    Oplus_0