News Portal

  • मध्यपुर ठिमी नगरस्तरीय लोक नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८२ मंसिर ४
    १२४ पटक

    मध्यपुर ठिमी भक्तपुर २०८२ मंसिर ३ । मध्यपुर ठिमी नगर प्याब्सनद्वारा आयोजित नगरस्तरीय लोक नृत्य प्रतियोगिता अत्यन्तै उत्साहजनक र भव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। सांस्कृतिक सम्पदाको संरक्षण, विद्यार्थीको प्रतिभा विकास तथा विद्यालयहरूबीचको मैत्रीपूर्ण प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको आकर्षक सहभागिता रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपालले विद्यार्थीहरूको कलात्मक प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमहरूको महत्त्व अत्यन्तै ठूलो रहेको उल्लेख गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे। उनले लोक संस्कृति संरक्षण र सिर्जनशील क्षमताको विकासमा प्याब्सनले गर्दै आएको भूमिकाको प्रशंसा समेत गरे।

    कार्यक्रममा नगर कमिटीका अध्यक्ष आदरणीय सुमन बस्नेतज्यू तथा सम्पूर्ण नगर कमिटीका पदाधिकारीहरूको सक्रियता र समन्वयको उच्च सराहना गरिएको थियो। अभिभावक, विद्यालयका प्रतिनिधि तथा दर्शकहरूको घन्टाेजन्मा सहभागिताले कार्यक्रमलाई झनै आकर्षक र सफल बनाएको आयोजकले जनाएको छ।

    प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका सबै प्रतिभाशाली विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ। विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक पहिरन, नृत्य शैली र मौलिक कला अभिव्यक्तिले दर्शकहरूलाई मोहित बनाएको थियो।

    विशेषगरी उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्न सफल टिमहरूलाई अध्यक्ष सुमन बस्नेतले विशेष बधाई प्रदान गरे। उनले विजयी तथा सहभागी सबै टिमहरूको हौसलाअफ्जाई गर्दै यस्ता अवसरहरूले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र सांस्कृतिक चेतना अभिवृद्धि हुने उल्लेख गरे। बस्नेतले निरन्तर यस्ता सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

    मध्यपुर ठिमी नगरमा सम्पन्न यो लोक नृत्य प्रतियोगिता विद्यार्थीहरूको प्रतिभा, संस्कृति र उत्साहको समागमका रूपमा यादगार बनेको आयोजक समितिले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0