News Portal

  • नेसनल प्याव्सन भक्तपुरद्वारा एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न

    दोलागिरि संवाददाता२०८२ कार्तिक २२
    १०५ पटक

    कार्तिक २०, भक्तपुर ।
    नेसनल प्याव्सन भक्तपुरको आयोजनामा आफ्ना सदस्य विद्यालयका कक्षा १० का विद्यार्थी तथा गणित विषयका शिक्षकहरूका लागि एक दिने एसईई अभिमुखीकरण कार्यक्रम–२०८२ सम्पन्न भएको छ।

    आगामी माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ मा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रममा गणित शिक्षा परिषद्का राष्ट्रिय अध्यक्ष तथा विषय विज्ञ डा. रमेश प्रसाद अवस्थीले गणित विषयको अभिमुखीकरण सत्र सञ्चालन गर्नुभएको थियो।

    कार्यक्रममा डा. अवस्थीले गणित विषयलाई कठिन नभई सहज र मनोरञ्जनात्मक ढङ्गले कसरी सिक्न र सिकाउन सकिन्छ भन्ने विषयमा व्यावहारिक उदाहरणसहित प्रशिक्षण दिनुभएको थियो। उहाँले गणितको डर हटाई अध्ययनमा उत्साह जगाउने विविध उपायहरूबारे विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुभयो।

    नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य रमेश प्रसाद सिटौलाले विद्यार्थीहरूले गणितलाई कठिन विषयका रूपमा लिने प्रवृत्ति हटाउनका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

    संस्थाका उपाध्यक्ष राम प्रसाद खाताखोलेले स्वागत मन्तव्य दिँदै कार्यक्रमको औचित्य स्पष्ट पार्दै विद्यार्थीहरूलाई आगामी परीक्षामा आत्मविश्वासपूर्वक प्रस्तुत हुन शुभकामना व्यक्त गर्नुभयो।

    कार्यक्रमका प्रमुख अतिथि तथा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले गणित विषयलाई व्यवहारिक जीवनसँग जोडेर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले डा. अवस्थीद्वारा प्रस्तुत सुझावहरूलाई आत्मसात् गर्दै विद्यार्थीहरूलाई नियमित अभ्यास र प्रयोगात्मक अध्ययनमार्फत उत्कृष्ट परिणाम हासिल गर्न प्रेरित गर्नुभयो।

    नेसनल प्याव्सन भक्तपुरले यसै शृङ्खलामा आगामी महिनामा अनिवार्य विज्ञान र सामाजिक अध्ययन विषयका लागि पनि एसईई अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने जानकारी गराएको छ।

     

    प्रतिकृया दिनुहोस्

    Oplus_0