News Portal

  • नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न – ईडेनका विद्यार्थी दुबै तहमा प्रथम

    दोलागिरि संवाददाता२०८२ कार्तिक १९
    २९३ पटक

    भक्तपुर, कार्तिक १७ । नेसनल प्याव्सन भक्तपुरअन्तर्गत ऋतम्भरा पाठशाला स्कुलले आयोजना गरेको एकल गायन प्रतियोगिता आज सम्पन्न भएको छ। प्रतियोगितामा ईडेन गार्डेन स्कुलका श्रीजय महतले माध्यमिक तहमा र सोही विद्यालयकी श्रीया न्यौपानेले आधारभूत तहमा प्रथम स्थान हासिल गर्दै ईडेन गार्डेन स्कुललाई दुबै तहमा विजेता बनाउन सफल भएका छन्।

    आधारभूत तहमा द्वितीय स्थान जागृति विद्या सदनकी यूनिशा लामा, तृतीय स्थान क्वालिटी स्कुलकी प्रियान्सू खड्का, र सान्त्वना स्थान सेन्ट जोन स्कुलकी अनिशा धमलाले प्राप्त गरेका थिए।
    माध्यमिक तहमा द्वितीय स्थान मदरल्याण्ड स्कुलकी ईशिका खड्का, तृतीय स्थान संस्कार गुरूकूलकी विदूशी ढकाल, र सान्त्वना स्थान विमल मेमोरियल विद्यापीठकी अणु वादीले प्राप्त गरे।

    कार्यक्रमको सभापतित्व ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीले गर्नुभएको थियो। उहाँले नेसनल प्याव्सन भक्तपुरको तर्फबाट प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी पाउनु गर्वको विषय भएको बताउँदै सहभागी विद्यालय, निर्णायक मण्डल र विद्यार्थी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

    कार्यक्रमका विशिष्ट अतिथि चाँगुनारायण नगरपालिका वडा नं. २ का अध्यक्ष सोम प्रसाद प्रधानले नगरभित्रको शिक्षा र स्वास्थ्य प्रवर्द्धनका लागि नगरपालिका सधैं तत्पर रहेको बताउँदै नेसनल प्याव्सन भक्तपुरले आयोजना गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास र प्रतिभा विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    सोही अवसरमा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा ऋतम्भरा पाठशालाप्रति आभार व्यक्त गर्दै सबै विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई दिनुभयो।

    कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका पदाधिकारी, सदस्यहरू, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
    कार्यक्रमका संयोजक तथा ऋतम्भरा पाठशालाका सह–प्रिन्सिपल अनिश केसीले सम्पूर्ण सहयोगी विद्यालय र निर्णायकहरूलाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक गतिविधिहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

     

    प्रतिकृया दिनुहोस्

    Oplus_0