News Portal

  • अन्तर्राष्ट्रिय एक्सिलेन्स स्कुल अवार्ड २०२५ भक्तपुरको हिमाल एकेडेमीलाई

    दोलागिरि संवाददाता२०८२ आश्विन २९
    ३२५ पटक

    भक्तपुर/असोज२९; एक्जितो इभेन्ट्स् अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड-२०२५ मा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा ७, गुण्डूमा रहेको हिमाल एकेडेमी स्कुलले अन्तर्राष्ट्रिय एक्सिलेन्स स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ।

    मलेसियाको राजधानी क्वालालम्पुरमा लिंकन युनिभर्सिटीमा १४ अक्टोबर २०२५ मा आयोजित अवार्ड कार्यक्रममा नेपाल, फिलिपिन्स, मलेसिया, इण्डिया, युके लगायत विभिन्न देशहरुका उत्कृष्ट विद्यालय, संस्था र व्यक्तिलाई इन्टरनेसनल एक्सिलेन्स अवार्डद्वारा सम्मान गरिएको थियो।

    उक्त सम्मान समारोहमा हिमाल एकेडेमी स्कुलका संचालक प्रिन्सिपल प्रदीप थापाले अवार्ड ग्रहण गरेका थिए ! गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हिमाल एकेडेमी स्कुलले २०८० को एसईईमा भक्तपुर जिल्ला भरीबाट ६ जनाले ४.० जिपिए ल्याउने विद्यालय मध्ये एक हिमाल एकेडेमी पनि हो । साथै विविध प्रतिस्पर्धात्मक कार्यक्रम गर्दै आएको यस हिमाल एकेडेमी स्कुलले यस अघि पनि विभिन्न सम्मान पाउन सफल भएको थियो।

    स्कुलका संचालक प्रिन्सिपल प्रदीप थापा अक्टोबर ५ देखि विभिन्न विकसित राष्ट्रहरु सिंगापुर, थाइल्याणड र मलेसियाको प्रतिष्ठित स्कुल, कलेज तथा युनिभर्सिटीको अवलोकन भ्रमण गर्दै अवार्ड कार्यक्रममा पुगेका थिए । प्रिन्सिपल थापाले उक्त अवलोकन भ्रमणको क्रममा विभिन्न देशका शैक्षिक क्षेत्रका ख्याती प्राप्त व्यक्तित्वसँग अन्तरक्रिया गर्ने अवसर मिलेको र अवार्ड कार्यक्रमले अझ शिक्षा क्षेत्रमा थप जिम्मेवारी बोध गराएको बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्