
भक्तपुर, असोज २८ — भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित इडेन गार्डेन इंग्लिस स्कुलले इन्टरनेसनल एक्सेलेन्स अवार्ड–२०२५ अन्तर्गत “बेस्ट इन्टरनेशनल इन्नोभेटिभ स्कुल अवार्ड” प्राप्त गर्न सफल भएको छ।
यो अवार्ड एक्जितो इभेन्ट्स् अष्ट्रेलियाद्वारा मलेसियाको राजधानी क्वालालम्पुरस्थित लिंकन युनिभर्सिटीमा, सन् २०२५ अक्टोबर १४ तारिखमा आयोजना गरिएको अन्तर्राष्ट्रिय कार्यक्रममार्फत प्रदान गरिएको हो। कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, मलेसिया, युके लगायत विभिन्न देशका उत्कृष्ट विद्यालय, संस्था र व्यक्तित्वलाई सम्मान गरिएको थियो।
इडेन गार्डेन इंग्लिस स्कुलले शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र सामुदायिक योगदानका कारण यो प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो। विद्यालयले एस.ई.ई. २०८१ मा ४.० जि.पि.ए. सहित शतप्रतिशत नतिजा, बि.एल.ई. मा निरन्तर उत्कृष्टता, साथै अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। अभिभावक र समुदायबीच उच्च विश्वास र सन्तुष्टि हासिल गरी इडेन गार्डेन भक्तपुरकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकको रूपमा स्थापित भएको छ।

विद्यालयका संस्थापक सह–प्रिन्सिपल अनिश राईले अक्टोबर ५ देखि सिंगापुर, थाइल्याण्ड र मलेसियाका प्रतिष्ठित विद्यालय, कलेज तथा विश्वविद्यालयहरूको अवलोकन भ्रमण गरेका थिए। भ्रमणको क्रममा उनले विभिन्न देशका शैक्षिक क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूसँग अनुभव आदानप्रदान गर्ने अवसर पाएका थिए। उहाँले यस अनुभवले इडेन गार्डेनलाई अझ सशक्त, सृजनशील र अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्रेरणा दिने बताउनुभयो।

अवार्ड प्राप्त भएपछि सह–प्रिन्सिपल राईले सम्पूर्ण शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भने,
“यो अवार्ड केवल हाम्रो विद्यालयको मात्र होइन, भक्तपुरको सम्पूर्ण शैक्षिक समुदायको गौरव हो। यसले हामीलाई अझै जिम्मेवार, सिर्जनशील र सामाजिक उत्तरदायी शिक्षण अभ्यासतर्फ अघि बढ्न प्रेरित गरेको छ।”
इडेन गार्डेन इंग्लिस स्कुलले प्राप्त गरेको यस अन्तर्राष्ट्रिय अवार्डले विद्यालयको प्रतिष्ठा र विश्वासलाई नयाँ उचाइमा पु¥याएको छ, साथै नेपाली शिक्षाक्षेत्रमा पनि एउटा नयाँ प्रेरणादायी उदाहरण कायम गरेको छ।





















