


भक्तपुर, असार २५, २०८२
एसईई पछि उपयुक्त प्लस टु कलेज छनोट गर्नु आज पनि विद्यार्थी र अभिभावकका लागि चुनौतीपूर्ण निर्णय हो। यस्तै सन्दर्भमा, भक्तपुरको श्रीजननगर र दधिकोटस्थित Modern School & College प्लस टु तहका विद्यार्थीका लागि उत्कृष्ट विकल्पका रूपमा अगाडि आइरहेको छ।
बिगत लामु समय देखि मन जित्न सफल व्यवस्थित भौतिक पूर्वाधार, शान्त र अनुशासित वातावरण, प्रविधियुक्त कक्षा, र समर्पित शिक्षाशास्त्रीय दृष्टिकोण सहित, मोर्डन कलेजले शिक्षा क्षेत्रमै नयाँ विश्वास र सम्भावनाको ढोका खोलिदिएको छ।
स्थानियमै स्तरीय शिक्षा, टाढा जानु पर्ने बाध्यता हटाउँदै
एक समय यस्तो धारणा थियो कि गुणस्तरीय शिक्षा लिन उपत्यकाको केन्द्र वा विदेशतिर जानुपर्छ। तर मोर्डन कलेजले भक्तपुरमै विश्वस्तरीय शिक्षाको विकल्प प्रस्तुत गर्दै त्यो धारणा तोडेको छ।
कलेजमा हाल व्यवस्थापन (Management) र कानुन (Law) संकाय सञ्चालनमा छन्, जसमा व्यवहारिक अभ्यास, समूह परियोजना, सार्वजनिक बोल्ने अभ्यास, र न्यायिक सोंचको विकासमा विशेष ध्यान दिइन्छ।
अनुभवबाट सिकाइ हुने कक्षा: Learn by Doing
Modern School & College को शिक्षण पद्धति केवल किताबी ज्ञानमा आधारित छैन। यहाँ सिकाइका सबै क्रियाकलाप “Learn by Doing” मा केन्द्रित छन्।
व्यवस्थापन पढ्ने विद्यार्थीलाई बिजनेस सिमुलेसन अभ्यास, उद्यमशिलता परियोजना, र व्यावसायिक नेतृत्व तालिम गराइन्छ।
कानुन संकायका विद्यार्थीले Mock Court, कानुनी बहस, संविधान अध्ययन, र Public Speaking Workshop मा सहभागी हुन्छन्।
प्रशिक्षित शिक्षकहरू विद्यार्थीको मनोविज्ञान बुझ्दै पढाउने शैली अपनाउँछन्।
पूर्वाधार र शान्त वातावरण: सिकाइका लागि सिर्जनशील थलो
Modern को क्याम्पस शान्त, हरियाली र सुरक्षित छ, जहाँ विद्यार्थीहरू मन लगाएर पढ्न सक्छन्। कलेजका प्रमुख पूर्वाधार यस्ता छन्:
✅ प्रविधियुक्त डिजिटल कक्षा कोठा
✅ समृद्ध पुस्तकालय
✅ कम्प्युटर र प्रयोगशाला सुविधा
✅ Mock Court Room (Law Faculty)
✅ व्यवसायिक अभ्यास कक्ष
✅ खेल मैदान र सांस्कृतिक कार्यक्रम स्थल
✅ उपत्यकाका विभिन्न भागसम्म बस सेवा उपलब्ध
विद्यार्थी विकासका बहुआयामिक कार्यक्रमहरू
Modern ले केवल परीक्षा पास गराउने उद्देश्य राख्दैन। यहाँ विद्यार्थीको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, र सामाजिक जिम्मेवारीको समेत विकास गरिन्छ।
📌 Debate Club, Legal Forum, Business Challenge
📌 करियर काउन्सिलिङ र अभिभावक अभिमुखीकरण
📌 सार्वजनिक बोल्ने अभ्यास, वक्तृत्व प्रतियोगिता
📌 खेलकुद, सांस्कृतिक कार्यक्रम, सामाजिक सेवा
सफल विद्यार्थीहरू: मोर्डनको गौरव
Modern School & College बाट पढेका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका छन्। केही प्रेरणादायी उदाहरण:
👩⚖️ रक्षा थापा: Modern +2 Topper → BALLB Topper → Master in International Law Topper (Australia) → अहिले: Migration Officer
🌍 सबिन लमिछाने: पहिलो ब्याचका विद्यार्थी → हाल: UN-FAO, Rome मा नेतृत्व पदमा कार्यरत
💻 IT पेशेवर पूर्वविद्यार्थी: “Modern ले दिएको मार्गदर्शन र आत्मविश्वासकै कारण म आज विश्वस्तरको प्राविधिक बन्न सकेँ।”
छात्रवृत्ति र शुल्क: सबैका लागि पहुँच
Modern ले विश्वास गर्छ—शिक्षा कसैको लागि बन्द हुनु हुँदैन। त्यसैले कलेजले
🎓 प्रवेश परीक्षामा आधारित छात्रवृत्ति,
🎓 GPA अनुसार र विशेष श्रेणीमा छात्रवृत्तिको व्यवस्था गरेको छ।
साथै अन्य समानस्तरीय कलेजहरूको तुलनामा यहाँको शुल्क संरचना न्यून र पारदर्शी छ।
देशमै बसेर केही गरौँ भन्ने संस्कारको सुरुआत
Modern कलेजको दृष्टिकोण केवल पढाउने नभई देशमै योगदान दिने संस्कार विकास गर्नु हो।
कलेजको भनाइ छ — “विदेश जानु गलत होइन, तर देशमै रहेर योगदान दिन सक्ने चेतना विकास गर्नु जरुरी छ।“
विद्यार्थीको अनुभवमा Modern
कक्षा १२ मा अध्ययनरत छात्रा कृष्णा सापकोटा भन्छिन् —
“यहाँका शिक्षकहरू अत्यन्त सहयोगी हुनुहुन्छ। कानुन जस्तो विषयमा व्यवहारिक अभ्याससहितको सिकाइले मलाई आत्मविश्वासी बनाएको छ। Mock Court को अनुभवले मलाई भविष्यमा वकिल बन्ने सपना नजिक ल्याइरहेको छ।”
