


भक्तपुर, असार २३, २०८२
एसईईपछि उपयुक्त विद्यालय छनोट गर्नु विद्यार्थी तथा अभिभावकको चुनौतीपूर्ण काम हो यहि हो । प्रत्येक जिल्लाहरुमा राम्रो कलेजको खोजि हुनु स्वाभाविक विषय हुनेकुरा भयो । यस्तै भतपुरका क्सन्दर्भमा, भक्तपुरको सूर्यविनायक नगरपालिका–४, नयाँठिमीस्थित मिड भ्याली सेकेण्डरी स्कूलरकलेज एक आकर्षक शिक्षण गन्तव्यको रूपमा उदाएको छ।
छोटो समयमै राम्रो भौतिक पूर्वाधार, प्रविधिमैत्री कक्षा र समर्पित शैक्षिक दृष्टिकोणका कारण यो कलेजले विद्यार्थी तथा अभिभावकको विश्वास जित्दै गएको छ।
स्थानियमै उत्कृष्ट शिक्षा
एक समय उपत्यकाभित्रको केन्द्रमा मात्र गुणस्तरीय शिक्षण संस्था छन् भन्ने धारणा थियो। तर मिड भ्याली कलेजले त्यो मिथ तोड्दै स्थानीय क्षेत्रमा नै स्तरीय शिक्षाको विकल्प दिन थालेको छ। साइन्स प्रोग्राम कोअर्डिनेटर प्रमोद पाण्डे भन्छन्, “हाम्रो उद्देश्य हो, स्थानीय विद्यार्थीहरूलाई टाढा जान नपरी उत्कृष्ट शिक्षा दिनु।”
कलेजमा हाल विज्ञान, व्यवस्थापन र कानुन संकाय सञ्चालनमा छन्। कक्षाहरू पूर्णरूपमा डिजिटलाइज्ड छन्, जुन शिक्षण प्रक्रिया बुझ्न झनै सहज बनाउँछ। प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिँदै विज्ञानका हरेक शाखाहरूका लागि भौतिक, रसायन तथा जीव विज्ञान प्रयोगशाला स्थापना गरिएको छ।
विद्यार्थीको मनोवैज्ञानिक र सामाजिक विकासमा केन्द्रित
कलेजका निर्देशक तथा मनोविज्ञ रकी महर्जन भन्छन्, “हामी शिक्षा मात्र होइन, विद्यार्थीको समग्र विकास — मानसिक, सामाजिक र भावनात्मक पक्षमा पनि ध्यान केन्द्रित गर्छौं।”
विद्यार्थीहरूको सिकाइ शैली परीक्षण गरेर अनुकूल रणनीति बनाउने, ‘प्यारेन्टिङ स्किल्स’ तालिम, तनाव व्यवस्थापन, अध्ययन बानी विकास, करियर काउन्सिलिङ जस्ता कार्यक्रमहरू यहाँ नियमित सञ्चालन गरिन्छन्।
सह–पाठ्यक्रममा विशेष जोड
कलेजले पठनपाठनसँगै विज्ञान तथा आईटी प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, म्याथ र फिजिक्स ओलम्पियाड, खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा विशेष जोड दिएको छ।
कक्षा ११ देखि नै प्री–इन्जिनियरिङ र प्री–मेडिकल तयारी कक्षा सुरु हुने हुँदा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्न सजिलो भएको छ।
अंग्रेजी विभाग प्रमुख निलम कुमार ठगुन्ना अनुसार, अंग्रेजी भाषा तथा लेखन सिपलाई पनि उत्तिकै ध्यान दिइन्छ, जसले विद्यार्थीहरूको अन्तरक्रियात्मक क्षमता र अभिव्यक्ति शैली बलियो बनाउँछ।
सबैका लागि छात्रवृत्ति, न्यूनतम शुल्क
मिड भ्याली कलेजको एउटा विशेषता हो — सबै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था।
प्रवेश परीक्षाको नतिजा वा न्एब् को आधारमा छात्रवृत्ति को स्तर फरक–फरक हुने भए पनि, कसैलाई शुल्ककै कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने कलेजको दृढ मान्यता छ।
प्रमोद पाण्डे भन्छन्, “हामीसँगको शुल्क अन्य समानस्तरीय कलेजहरूभन्दा निकै कम छ। र, सबै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइन्छ।”
देशमै बस्ने संस्कार, विदेश मोह होइन
विद्यार्थी प्लस टु सकेपछि विदेश जाने लहर देखिएको वर्तमान परिप्रेक्ष्यमा मिड भ्याली कलेजले देशमै बसेर केही गरौँ भन्ने संस्कार जगाउन खोजेको छ।
पाण्डे स्पष्ट भन्छन्, “विदेश पढ्न जानु गलत होइन, तर हामी चाहन्छौं विद्यार्थीहरू यतै बसेर केही सृजना गरून्। आवश्यक परे विदेश गए पनि अन्ततः यहीँ फर्केर देशमा योगदान देऊन् भन्ने हाम्रो आग्रह हो।”
विद्यार्थीको अनुभवमा प्रष्ट शिक्षा
कलेजमा अध्ययनरत कक्षा १२ की छात्रा प्रभा ठगुन्ना भन्छिन्, “शिक्षकहरू अत्यन्त अनुभवी हुनुहुन्छ। प्रविधिको माध्यमबाट विज्ञानजस्तो गाह्रो विषय पनि सहज बनाइदिनुहुन्छ। हप्तैपिच्छे प्रयोगात्मक अभ्यासले पढाइ अझै रोचक र व्यावहारिक बनाउँछ।”
मिड भ्याली सेकेन्डरी स्कूलरकलेजले स्थानिय क्षेत्रमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उदाहरणीय प्रयास गरिरहेको छ। गुणस्तरीय पठनपाठन, समग्र व्यक्तित्व विकास, न्यूनतम शुल्क, प्रविधिको भरपुर प्रयोग र देशप्रतिको निष्ठाले यो कलेजलाई छिट्टै अग्रणी शिक्षण संस्थाको रूपमा उभ्याइरहेको छ।
