News Portal

  • हिमाल एकेडेमीको २१औं वार्षिकोत्सव सम्पन्न

    दोलागिरि संवाददाता२०८१ फाल्गुण २५
    १९९० पटक

    भक्तपुर । सूर्यविनायक–७ गुण्डूस्थित हिमाल एकेडेमी स्कुलले २१औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले विद्यालयको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै २०८० को एसईईमा ४ जिपिए ल्याउने विपिना मिश्रलाई सम्मानपत्र तथा विद्यालयबाट रु. २५,००० प्रदान गर्नुभयो।

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ईश्वर थापाले पढाइसँगै सीप विकासमा जोड दिनुपर्ने बताउनुभयो। सूर्यविनायक-७ का वडाध्यक्ष रविन्द्र सापकोटाले विद्यालयको प्रगतिमा प्रशंसा व्यक्त गर्नुभयो। समाजसेवी, शिक्षा र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा २०७६–२०८० एसईई ब्याचका १४६ विद्यार्थीलाई सम्मान गर्दै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरियो।

    विद्यालयका प्रिन्सिपल प्रदिप थापाले भूकम्प र कोभिड कठिनाइका बाबजुद अभिभावकको साथप्रति आभार व्यक्त गर्नुभयो। सल्लाहकार संजय खड्काले हिमाल एकेडेमी गुणस्तरीय शिक्षाका लागि उत्तम विकल्प रहेको बताउनुभयो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा, समाजसेवा तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो।

    प्रतिकृया दिनुहोस्