News Portal

  • जिल्ला स्तरीय अन्तर बिद्यालय आठौं रनिङ शिल्ड हाजिरिजवाफ प्रतियोगितामा फुलब्राइट स्कुल प्रथम

    दोलागिरि संवाददाता२०८१ फाल्गुण ७
    १०१२ पटक

    फागुन ७ भक्तपुर । आफ्नो स्थापना दिवसको अवसर पारि पबित्र हलेसीधाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिक्षा उपशाखाले जिल्ला स्तरीय अन्तर बिद्यालय आठौं रनिङ शिल्ड हाजिरिजवाफ प्रतियोगिता आयोजना गरेको छ ।

    उक्त हाजिरीजवाफ प्रगियोगितामा भक्तपुर जिल्ला अन्तरगतका अन्तर बिद्यालयहरुका विचमा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा फुलब्राइट स्कुलले प्रथम स्थान हासिल गरेको छ । स्कुले दोश्रो रनिङ शिल्ड दोश्रो पटक हात पारेको हो ।


    फुलब्राइट स्कुलका विद्यार्थी कुशल सापकोटा र आकृती न्यौपानेको टोलिले शिल्ड, गोल्ड मेडल, प्रमाणपत्र तथा नगद दशहजार प्राप्त गरेको छन् भने यस अघि पनि फुलब्राइट स्कुलले पहिलो रनिङ शिल्ड लगातार तीन पटक जितेर हात पारिसकेको स्कलले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्