News Portal

  • कक्षा १२ को परीक्षाफल प्रकाशित, ५३ प्रतिशत उत्तीर्ण

    दोलागिरि संवाददाता२०८१ साउन १९
    ६१ पटक

    सानोठिमी, १८ साउन २०८१ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका अर्थात अनुतिर्ण भएका छन् ।

    २०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए  भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी पास भएका थिए । बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

    २०८० सालको नतिजा सार्बजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केहि समय लाग्ने बोर्डले जनाएको छ । बोर्डको वेबसाईट www.neb.gov.np मा नतिजा हेर्न सकिनेछ । कक्षा १२ को नतिजा नेपाल टेलिकमको 1601 मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरी 1600 मा पठाएर वा वेवसाइटमा https://neb.ntc.net.np बाट पनि सजिलैसंग नतिजा प्राप्त गर्न सकिने नेपाल टेलिकमले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्