News Portal

  • मध्यपुर थिमि नगरपालिकामा सेन्टर किचेन उद्घाटन, सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सुरु

    दोलागिरि संवाददाता२०८३ जेठ ८
    १०१ पटक

    भक्तपुर, जेठ ८ — World Food Programme र Food for Life को सहकार्यमा मध्यपुर थिमि नगरपालिकाले सेन्टर किचेनको उद्घाटन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि दिवा खाजा वितरण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ।
    नगरपालिकाको सेन्टर किचेनमार्फत सञ्चालन गरिएको कार्यक्रममा ECD देखि कक्षा ५ सम्म अध्ययनरत करिब २८०० विद्यार्थी लाभान्वित हुने जनाइएको छ। कार्यक्रमको उद्घाटन नगर प्रमुख सुरेन्द्र श्रेष्ठ ले गर्नुभएको हो।
    कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई दैनिक फरक–फरक पोषणयुक्त, ताजा तथा स्वस्थ खाजा खाद्य निरीक्षकको निगरानीमा वितरण गरिनेछ। नगरपालिकाका अनुसार मध्यपुर थिमि अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयका ECD देखि कक्षा ५ सम्मका विद्यार्थीलाई नियमित रूपमा पोषणयुक्त दिवा खाजा उपलब्ध गराइनेछ।
    नगर प्रमुख श्रेष्ठले बालबालिकाको पोषण, स्वास्थ्य र शैक्षिक विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउँदै यसले विद्यालय उपस्थितिमा वृद्धि, सिकाइप्रति उत्साह र बालबालिकाको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

    प्रतिकृया दिनुहोस्