
भक्तपुर / कार्तिक — चाँगुनारायण नगरपालिका द्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा नवीन इङ्ग्लिस स्कुलले उत्कृष्ट सफलता प्राप्त गरेको छ। नगरपालिका वडा नं १, २ र ३ भित्रका विद्यालयहरूबीच भएको आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा नवीन इङ्ग्लिस स्कुलका विद्यार्थीहरू अथर्व निरौला, एनोरा वाइबा र सुयोग दाहालले उल्लेखनीय प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन्।

उक्त टोलीको उत्कृष्ट प्रदर्शनका आधारमा उनीहरू अब नगरपालिका स्तरीय Final प्रतियोगिताका लागि छनोट भएका छन्। विद्यालय परिवारले विजयी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी Final चरणमा पनि उत्तिकै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।
विद्यार्थीहरूलाई तयारीका क्रममा मार्गदर्शन प्रदान गर्ने शिक्षक मनोज दाहाललाई विद्यालयले विशेष धन्यवाद ज्ञापन गरेको छ। विद्यालयका प्रतिनिधिहरूका अनुसार, विद्यार्थीहरूको लगनशीलता, आत्मविश्वास र सामूहिक प्रयास नै सफलताको मूल कारण हो।
विद्यालयका प्रधानाध्यापकले भने,
“हाम्रा विद्यार्थीहरूको मेहनत र प्रतिभाले विद्यालयको गौरव बढाएको छ। Final प्रतिस्पर्धामा पनि उनीहरूले उत्कृष्ठता कायम गर्नेमा हामी विश्वस्त छौं।”
नवीन इङ्ग्लिस स्कुल परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकलाई बधाई दिँदै आगामी Final चरणका लागि सफलताको शुभकामना व्यक्त गरेका छन ।






















