News Portal

  • प्याब्सन भक्तपुरकाे १६ औँ अधिवेशनबाट राजन कसपाल अध्यक्षतामा निर्वाचित

    दोलागिरि संवाददाता२०८१ पौष २७
    ३२ पटक

    भक्तपुर, २६ पुस २०८१ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले १६ औँ अधिवेशनले भब्य रुपमा सम्पन्न भएको छ ।

    शनिबार सम्पन्न प्याब्सन भक्तपुरकाे १६ औँ अधिवेशनले राजन कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।अध्यक्ष निर्वाचित कस्पाल मोर्डन बोर्डिङ स्कुल, दधिकोटका संस्थापक हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा निलेश आचार्य र अर्को उपाध्यक्ष पदमा बिजय कर्माचार्यलाई निर्वाचित गरेको जानकारी प्रप्त भएको छ । अधिवेशनले सर्वसम्मत गर्न नसक्दा सचिव र कोषाध्यक्ष पदका लागि भने मतदान गर्नुपरेको थियो ।

    इम्युनिटी स्कूलका संचालक/प्रिन्सिपल सूर्य बहादुर भण्डारी सचिव पदमा मतदानको सामना गर्दै जित हासिल पारेका छन् । उनले प्रतिस्पर्धी उम्मेदवार डिल्ली जोशीलाई १२ मतले अन्तरले पछि पार्दै सचिव पद जितेका हुन । काेषाध्यक्षमा पनि मतदान बाट रत्नमान शंखदेव बिजयी बने । उनी एनके श्रेष्ठलाई पछि पार्दै बिजयी बनेका हुन् ।

    सह-सचिवमा लिलानाथ निरौला र सह-कोषाध्यक्षमा लक्ष्मी कुटु निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको सदस्यहरुमा मीना महर्जन, इश्वर बहादुर श्रेष्ठ, प्रभुनारायण यादव, शंकरकुमार कर्ण कायष्ठ, कृष्ण कार्की रहेका छन् । अधिवेशनले जीवन श्रेष्ठ, यज्ञराज भट्टराई र दिनेश मैनालीलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

    नवनिर्वाचित अध्यक्ष कस्पालले आफ्नो नेतृत्वको कार्यसमितिले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता प्रकट गर्दै निर्वाचन अधिवेशनको एक प्रक्रिया मात्र भएको र प्याब्सन भक्तपुर एक ढिक्का नै रहेको धाराणा राखेका छन् उने निर्वाचनमा सहयोग सवै लाई धन्यवाद समेत दिएका छन् ।

    प्रतिकृया दिनुहोस्