इतिहासको भौतिकवादी धारणाअनुसार वास्तविक जीवनको उत्पादन र पुनरुत्पादत नै अन्ततोगत्वा ऐतिहासिक प्रक्रियाको निर्णायक तत्त्व हो । न मैले फ न त माक्सले नै यसभन्दा बढी कहिल्यै भनेका थियौ । यदि कसैले आर्थिक तत्त्व नै मानौँ एक मात्रै निर्णायक तत्त्व हो भन्दछ भने , उसले आफ्नो यस भनाइलाई एक निरर्थक , अमुर्त तथा खोक्रो वाक्यमा बदलिदिन्छ ।
आर्थिक अवस्था आधार हो , परन्तु ऐतिहासिक सङ्घर्षको प्रक्रियामा वर्गसंघर्षको राजनितीक रुप र विजयी वर्गले सङ्घर्षमा सफलता प्राप्त गरिसकेपछि स्थापित राज्य प्रणाली ,आदि जस्ता यसका परिणामहरुले , न्यायिक रुपहरु र अझ यी सबै वास्तविक सङ्घर्षहरुमा भागलिने मानिहरुको मस्तिष्कमा तिनको प्रतिबिम्बले राजनिती , न्यायिक , दार्शनिक सिद्धान्तहरुले , धार्मिक मतहरु र जडसुर्तीय पद्धतिहरुको रुपमा तिनको विकासले प्रभाव पार्दछन् र कतिपय अवस्थामा त आधेयका विविध तत्तहरुले नै त्यस सङ्घर्षको तरिकालाई आधार भुतरुमा निर्धारण गरिरहेका हुन्छन् ।
यी सवै तत्त्वहरुका बीचमा अन्योन्यक्रिया चलिरहेको हुन्छ ,जसमा आकस्मिक घटनाहरुका अनन्त समुहहरुको बीचबाट ( अर्थात् त्यस्ता कुराहरु र घटनाहरुका अन्नत समुहरुको बीचबाट , जसको आन्तरिक सम्बन्ध दुरवर्ती अथवा प्रमाणित गर्न कति कठिन हुन्छ भने हामी त्यसको बेबस्ता गर्न सक्दैनौं अथवा त्यसको अस्तित्व नै छैन भन्ने सोच्न सक्दछौं ) अन्ततोगत्वा आर्थिक गतिको रुपमा त्यो कुरा उत्पन्न हुन्छ । अन्यथा इतिहासको कुनै पनि युगको प्रश्नमा इच्छानुसार सिद्धान्तको प्रयोग गणितको सरलतम समीकरणको समाधान भन्दा पनि सजिलो काम बन्न जान्छ ।
योजेफ ब्लोखलाई
एङ्गेल्सको चिठी ( २१-२२ सेप्टेम्बर १८९०)