Skip

News Portal

  • नेसनल प्याव्सनको एसईई बधाई एवं सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८२ आषाढ ३०
    १५३ पटक

    भक्तपुर, असार । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा र नयाँ थिमीस्थित मिड भ्याली कलेजको सहकार्यमा माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम सेराटन ब्यांक्वेट, जगातीमा भव्य रूपमा सम्पन्न भएको छ।

    माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा ४.० जिपिए ल्याउने नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालय सेकरिड् हार्ट स्कुलको प्रिन्स लामा तामागं र ईडेन गार्डेन स्कुलकी सुप्रिया चौंलागाईँ सहित भक्तपुर जिल्लाभरीबाट ४ जिपिए ल्याउने ३० जना र नेसनल प्याव्सनका सदस्य विद्यालयबाट एसईई उत्तीर्ण हुने सबै विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरिको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाले नेसनल प्याव्सन भक्तपुरको यो सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप आत्मबल र प्रेरणा थप्ने काम गरेको बताउँदै प्रशंसा गर्नुभयो।
    सूर्यविनायक नगरपालिका सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता रविन्द्र सापकोटाले पनि सफल कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।

    कार्यक्रममा मिड भ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्ल जोशीले भक्तपुरमै अन्तर्राष्ट्रिय स्तरको प्लस टु शिक्षा प्रदान गर्ने पूर्वाधार तयार भइसकेको उल्लेख गर्दै विद्यार्थीहरूलाई कलेज भ्रमण गर्न सुझाव दिनुभयो।

    नेसनल प्याव्सन भक्तपुरका सल्लाहकार जिवी खड्का, नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष सुन्दर शिल्पकार, हिसान भक्तपुर अध्यक्ष अनिल कसपाल, प्राविधिक तथा व्यवसायिक विद्यालय संघका राष्ट्रिय अध्यक्ष राम हाडालगायत शिक्षासँग सम्बन्धित व्यक्तिहरूले भक्तपुरमै उच्च गुणस्तरीय शिक्षा लिन सकिने बताउँदै विद्यार्थीहरूलाई यहीँ अध्ययन गर्न प्रेरित गरे।

    एनप्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले ४.०० जीपीए ल्याउनेहरू मात्र नभई सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीहरू राष्ट्रका मेरुदण्ड भएको भन्दै सबैलाई सम्मान गरिनु पर्ने धारणा राख्नुभयो।

    कार्यक्रमको आकर्षक सञ्चालन बरिष्ठ सञ्चारकर्मी तथा नमस्ते ख्वप टेलिभिजनका प्रबन्ध निर्देशक ऋषिकेष श्रेष्ठले गर्नुभएको थियो।
    कार्यक्रम संयोजक दिनेश शाक्यका अनुसार एनप्याब्सन भक्तपुरले हरेक वर्ष यसरी एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिइने छ।

    प्रतिकृया दिनुहोस्