


भक्तपुर । सूर्यविनायक नगरपालिका अन्तर्गत डोलेश्वर महादेव मन्दिर नजिक भक्तपुर इन्टरनेशनल हस्पिटल कौशलटारले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। धार्मिक आस्थाका साथ मन्दिरमा आउने तीर्थयात्री र स्थानीय बासिन्दाहरूलाई लक्षित गरी हस्पिटलले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो।
शिविरमा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सहभागीहरूलाई सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप नाप्ने, औषधि वितरणजस्ता सेवा प्रदान गरेका छन्। साथै, शिविर स्थलमा दर्ता कक्षसहितको अस्थायी मेडिकल टेन्ट स्थापना गरिएको छ, जहाँ साधारण तर प्रभावकारी उपचार उपकरणहरू प्रयोग गरिएको देखिन्छ।
भक्तपुर इन्टरनेशनल हस्पिटल कोशलारले तीर्थयात्रीहरूलाई शुभकामना व्यक्त गर्दै शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सबैलाई अनुरोध गरेको छ।
🔹 “स्वास्थ्य शिविरमा सहभागी बनौं!”
🔹 “Let’s participate in the health camp!”
अधिक जानकारीका लागि:
🌐 www.bihospital.org
📞 ०१६६३७२७१ / ०१६६२७१७१
–– भक्तपुर इन्टरनेशनल हस्पिटल, तपाईंको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
