News Portal

  • दक्षिण एसियाली ट्राभल अवार्ड्स २०२६ मा भिलेज हाईल्याण्ड रिसोर्ट मनोनित

    दोलागिरि संवाददाता२०८३ बैशाख २८
    १४९ पटक

    काठमाडौं, २८ वैशाख । नेपालको पर्यटन तथा आतिथ्यता क्षेत्रमा सेवा दिँदै आएको Village Highland Resort प्रतिष्ठित दक्षिण एसियाली ट्राभल अवार्ड्स (SATA) २०२६ का लागि मनोनयनमा परेको छ ।
    दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने SATA अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ । यस वर्ष भिलेज हाईल्याण्ड रिसोर्ट मनोनयनमा परेसँगै नेपाली पर्यटन क्षेत्रका लागि समेत यो महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
    प्राकृतिक वातावरण, शान्त तथा पारिवारिक बसाइ, पर्यटकमैत्री संरचना तथा उत्कृष्ट आतिथ्य सेवाका कारण रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय बन्दै गएको बताइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ को संगमस्थल रानीकोट क्षेत्रमा अवस्थित रिसोर्टबाट काठमाडौं उपत्यकासहित लाङटाङ हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
    रिसोर्ट परिसरमा हाइकिङ, नेचर वाक, बर्ड वाचिङ तथा गाउँ पर्यटनको अनुभव लिन सकिने व्यवस्था रहेको छ । साथै ऐतिहासिक रानीकोट किल्लासहित आसपासका धार्मिक तथा प्राकृतिक स्थलहरूको भ्रमणसमेत गर्न सकिन्छ । रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको व्यवस्थापनले जनाएको छ ।
    रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत SATA २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकहरूलाई अनलाइन भोट गर्न आग्रह गरेको छ ।
    SATA Voting Link for Village Highland Resort⁠�
    दक्षिण एसियाली ट्राभल अवार्ड्स (SATA) सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो । यसमा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका पर्यटन तथा होटल व्यवसायबीच प्रतिस्पर्धा हुने गर्दछ ।
    पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपाली होटल तथा रिसोर्टहरूको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवर्द्धनका लागि सकारात्मक संकेत भएको बताएका छन् ।

    Screenshot

    प्रतिकृया दिनुहोस्