News Portal

  • SEE २०८२ मा रेनबो इङ्ग्लिश सेकेण्डरी स्कुलको शतप्रतिशत नतिजा

    दोलागिरि संवाददाता२०८३ बैशाख २९
    ३९ पटक

    भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा Rainbow English Secondary School ले उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक गुणस्तरलाई पुनः प्रमाणित गरेको छ। विद्यालयकी छात्रा Yunique Niraula ले ४.०० GPA ल्याउँदै विद्यालयको उत्कृष्ट नतिजा कायम गरेकी छन्।
    विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४.०० GPA बीच १३ जना विद्यार्थीले A+ प्राप्त गरेका छन् भने ३.२० देखि ३.६० GPA सम्म १६ जना विद्यार्थीले A ग्रेड हासिल गरेका छन्। त्यसैगरी २.८० देखि ३.२० GPA सम्म ११ जना विद्यार्थीले B+ ग्रेड प्राप्त गरेका छन्।


    विद्यालय प्रशासनले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगका कारण यो सफलता सम्भव भएको जनाएको छ। विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको क्षमता विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    SEE २०८२ को नतिजाले Rainbow English Secondary School लाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गरेको विद्यालयको दाबी छ।

    प्रतिकृया दिनुहोस्