News Portal

  • बुटवलमा मञ्जिलाज सौन्दर्य तथा छाला स्याहार केन्द्रको भव्य उद्घाटन सम्पन्न

    दोलागिरि संवाददाता२०८३ बैशाख २४
    २५ पटक

    बुटवलमा मञ्जिलाज सौन्दर्य तथा छाला स्याहार केन्द्रको   शुभ उद्घाटन समारोह बैशाख २३ गते बुटवलमा  भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।


    बुटवल–७, नेपालगञ्ज रोडस्थित लक्ष्मी मोहन भवनमा सञ्चालनमा आएको मञ्जिलाज सौन्दर्य तथा छाला स्याहार केन्द्रको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, छाला रोग विशेषज्ञ डाक्टर साहेब, Butwal Chamber of Commerce and Industry का कोषाध्यक्ष, गायक–गायिका, विभिन्न कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।


    त्यसैगरी इष्टमित्र, दाजुभाइ, दिदीबहिनी तथा कर्मचारीहरूको सक्रिय सहयोग र सहभागिताले उद्घाटन समारोहलाई थप उत्साहपूर्ण र स्मरणीय बनाएको आयोजकले जनाएको छ।
    कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति सञ्चालक पक्षले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

    साथै आगामी दिनमा गुणस्तरीय सेवा, आधुनिक सौन्दर्य उपचार तथा उत्कृष्ट छाला स्याहार सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। “यहाँहरूको माया, साथ र विश्वास नै हाम्रो प्रेरणा हो” भन्दै आयोजकले आगामी दिनहरूमा पनि निरन्तर साथ, सहयोग र शुभेच्छाको अपेक्षा गरेका छन्।

    प्रतिकृया दिनुहोस्