
भक्तपुर । चाँगुनारायण नगरपालिका–६, नगरकोट फेदीस्थित क्वालिटी इङ्ग्लिश सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले १८औँ ब्याचका विद्यार्थीहरूको सफलतासँगै पुनः शैक्षिक गुणस्तरलाई प्रमाणित गरेको जनाएको छ।
विद्यालयका अनुसार यस वर्ष परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये उच्चतम GPA ३.९२ प्राप्त भएको छ। नतिजा विवरणअनुसार ३.६० देखि ४.०० GPA ल्याउने विद्यार्थी संख्या ६ जना रहेका छन् भने ३.२० देखि ३.५९ GPA ल्याउने १७ जना र २.८० देखि ३.१९ GPA ल्याउने १० जना विद्यार्थी रहेका छन्।
विद्यालय प्रशासनले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको निरन्तर मेहनत, अनुशासन र समर्पणका कारण यस्तो सफलता सम्भव भएको जनाएको छ। “तपाईंहरूको मेहनत सफल भएको छ, यो उज्यालो भविष्यको सुरुवात मात्र हो,” भन्ने सन्देशसहित विद्यालयले SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिएको छ।
“Quality is more precious than quantity” भन्ने मूल नारालाई आत्मसात् गर्दै विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको जनाएको छ। विद्यालयका प्रधानाध्यापकले आगामी दिनमा पनि शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहने बताएको छ ।









