News Portal

  • SEE 2082 मा गोल्डेन गेटले ल्यायो ४.० जिपिए सहित उत्कृष्ट नतिजा

    दोलागिरि संवाददाता२०८३ बैशाख २९
    ७९ पटक

    भक्तपुर । गोल्डेन गेट इङ्ग्लिश सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक गुणस्तरलाई पुनः प्रमाणित गरेको छ। विद्यालयबाट सहभागी २० जना विद्यार्थीमध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने एक जना विद्यार्थीले ४.० GPA ल्याएर विद्यालयको गौरव बढाएकी छन्।
    विद्यालयकी छात्रा रुबिशा मानन्धरले ४.० GPA प्राप्त गर्दै उत्कृष्ट सफलता हासिल गरेकी हुन्। त्यसैगरी ३.६ देखि ४.० GPA बीच ८ जना, ३.२ देखि ३.६ GPA बीच ८ जना, २.८ देखि ३.२ GPA बीच ३ जना तथा २.४ देखि २.८ GPA बीच १ जना विद्यार्थी उत्तीर्ण भएका विद्यालयले जनाएको छ।
    विद्यालय प्रशासनले विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको संयुक्त मेहनत, अनुशासन र समर्पणकै कारण यो सफलता सम्भव भएको जनाएको छ। विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
    SEE २०८२ मा उत्कृष्ट सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ।

    प्रतिकृया दिनुहोस्