News Portal

  • १२ राजनीतिक दल, संस्था तथा नागरिकद्वारा इजरायली हमलाको विरोधमा विशाल जनप्रदर्शन हुने

    दोलागिरि संवाददाता२०८२ आषाढ २६
    ४०९ पटक

    काठमाडौं, असार २५
    इजरायलद्वारा प्यालेस्टाइनमाथि गरिएको आक्रमण र नरसंहारविरुद्ध १२ राजनीतिक दल, विभिन्न संस्था र नागरिकको संयुक्त आयोजनामा यही २०८२ असार २७ गते, शुक्रबार विशाल जनप्रदर्शन कार्यक्रम हुने भएको छ।

    आयोजकहरूका अनुसार उक्त जनप्रदर्शन काठमाडौंको शान्तिबाटिकाबाट सुरु भई जमल, घण्टाघर, बागबजार हुँदै पुतलीसडकसम्म प्रदर्शन गर्दै अघि बढ्ने जानकारी दिएको छ । जनप्रदर्शन दिउँसो  १:३० बजे बाट सुरु हुनेछ।

    आयोजक दलहरुका तर्फबाट सम्पूर्ण नागरिक, सरोकारवाला निकाय तथा संचारमाध्यमहरूलाई सहभागिताका लागि  अनुरोध गरेको छ। विशेषगरी संचार माध्यमको सक्रिय प्रतिनिधित्व आवश्यक रहेको आयोजकहरूको भनाइ छ।

    कार्यक्रममार्फत अन्तर्राष्ट्रिय जगतमा प्यालेस्टाइनमाथि भइरहेको अत्याचारविरुद्ध आवाज उठाउने र इजरायली नीतिको विरोध गर्ने सन्देश दिने लक्ष्य राखिएको छ।

    सम्बन्धित जानकारीका लागि १२ राजनीतिक दल, संस्था तथा नागरिकका तर्फबाट   प्रकाण्ड सीद्वारा हस्ताक्षरित निमन्त्रणापत्र पनि सार्वजनिक गरिएको छ।

     

    प्रतिकृया दिनुहोस्