Skip

News Portal

  • सूर्यविनायकमा रंगशाला निर्माणबारे प्रधानमन्त्रीको र सरोकारवाला संग छलफल

    दोलागिरि संवाददाता२०८२ साउन १२
    २० पटक

    काठमाडौं, श्रावण ११ — प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा सुविधासम्पन्न रंगशाला निर्माण गर्ने पहलस्वरूप सम्बन्धित निकायसँग विशेष छलफल गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सूर्यविनायक नगरपालिका,प्रमुख बासुदेब थापा ,  राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उच्च प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    बैठकमा प्रधानमन्त्री ओलीले हालको दशरथ रंगशाला सानो र अव्यवस्थित भएको उल्लेख गर्दै कम्तीमा ५० हजार दर्शक अट्ने अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको खाँचो औँल्याए। उनले खेल क्षेत्रको विकाससाथै अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सक्ने पूर्वाधार विकास गर्नु आवश्यक रहेको बताए।

    सूर्यविनायक नगरपालिका–८, जगातेस्थित पुरानो इँट्टा टायल कारखानाको करिब २०० रोपनी क्षेत्रफलमा रंगशाला निर्माणको योजना अघि बढाइएको बैठकमा जानकारी गराइएको थियो। यसका लागि जग्गा व्यवस्थापन प्रक्रिया सुरुआत भइसकेको जनाइएको छ।

    यद्यपि, रंगशाला निर्माणको घोषणा र प्रधानमन्त्रीको सक्रियता खेल क्षेत्रमा योगदान दिनेमात्र नभई राजनीतिक प्रभाव विस्तार गर्ने उद्देश्यसहित भइरहेको भन्दै केही स्थानीय तह र विश्लेषकहरूले प्रश्न उठाएका छन्।

    स्थानीय नागरिक तथा खेलकर्मीहरूले भने परियोजनालाई स्वागत गर्दै निर्माण कार्य छिटो सुरू होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

    रंगशालाको विस्तृत परियोजना विवरण (डीपीआर), लगानी संरचना तथा निर्माणको समयावधि बारे भने थप अध्ययन तथा सहमतिको खाँचो देखिएको छ। आगामी दिनमा सरकारले यसलाई कसरी कार्यान्वयन गर्छ भन्नेमा सर्वसाधारणको चासो केन्द्रित हुने देखिन्छ।

     

    प्रतिकृया दिनुहोस्