News Portal

  • ईंटा भट्टाबाट डाक्टर बन्ने सपना: ४ GPA ल्याएकी गोमालाई मीन बहादुर गुरुङको सम्मान र सहयोग

    दोलागिरि संवाददाता२०८२ आषाढ १९
    ९८ पटक

    भक्तपुर, सुडाल  । विपन्नता र अभावका माझ संघर्ष गर्दै आएको एक किशोरीले अहिले सम्पूर्ण देशलाई प्रेरणा दिएकी छिन्। गोमा श्रेष्ठ जसले विद्यालय पढ्दादेखि ईंटा भट्टामा बुबालाई सघाउने काम गरेकी थिइन्, आज ४ GPA ल्याएर सबैलाई चकित पार्ने सफलताको शिखरमा उभिएकी छिन्।

    गोमाको यस उपलब्धिप्रति श्रद्धा प्रकट गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा उद्यमी मीन बहादुर गुरुङले उनलाई आफ्नै कार्यकक्षमा बोलाएर विशेष सम्मान गरे। सो अवसरमा गुरुङले गोमालाई एक थान ल्यापटप, रु. १,००,००० नगद सहयोग प्रदान गर्दै डाक्टर बन्ने उनको सपना पुरा गरिदिने वाचा पनि गरे।

    भावुक हुँदै गुरुङले भने, “गोमा जस्ती मेहनती र सपना देख्ने बहिनीलाई साथ दिन पाउनु मेरो सौभाग्य हो। अब उनको डाक्टर बन्ने यात्रा मेरो जिम्मेवारी हो।”

    गरीबी, कठिनाइ र अभावका बीच पनि अटल आत्मविश्वासले अघि बढेकी गोमाको कथा अहिले देशभरिका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। उनले आफूजस्ता संघर्षरत बालबालिकालाई लक्षित गर्दै भनेकी छन्, “अवस्था जस्तोसुकै भए पनि हिम्मत नहारौं, निरन्तर प्रयास गरौं, सफलता पक्कै मिल्छ।”

    गोमाको सपना र गुरुङको साथ एक प्रेरणादायी समागम बनेको छ जहाँ मेहनत र उदारता मिलेर उज्यालो भविष्यको ढोका खोलिरहेका छन्।

     

    प्रतिकृया दिनुहोस्