News Portal

  • रानिकोट : सदाबहार सौन्दर्यको यात्रा

    राम सुन्दर बके २०८२ भाद्र १३
    ४२७ पटक

    रानिकोट बाह्र महिना सदावहार ठाउॅ हो। यहाँ आउन–जान सजिलो छ। काठमाडौ उपत्यका भित्र रहेको ऐतिहासिक पर्यटकि क्षेत्र
    हो । काठमाडौंबाट सुर्यबिनायक चोक हुँदै यात्रा सुरु हुन्छ। यात्रको शरुमा  गणेश मन्दिरमा दर्शन गरेर पूर्वतिर लागेपछि हरियालीले ढाकिएको बाटोबाट यात्रको पाइलो चाल्दै रमणीय वातावरणको मनमोहक सुन्दरताको अवलोकन गर्दै यात्रा गर्नु पर्छ । केही पर पुगेपछि एउटा सुन्दर मन्दिर भेटिन्छ, झट्ट हेर्दा बिन्दबासी मन्दिर जस्तो देखिने गहना देवी मन्दिर। त्यहाँबाट दायाँ मोडिँदै जंगलतिर लाग्दा यात्रा झन् रमाइलो हुन्छ। पिचबाटो भएकाले यात्रा  सहज हुन्छ नै यात्रा गर्ने  बाटैमा जंगल सफारीको मजा लिँदै अघि बढ्दा पाइलट बाबा जाने ग्रेट स्थानमा पुगिन्छ।

    त्यसपछि अलि माथि पुगे पछि तपाईँलाई विकल्प हुन्छ। कताको यात्रा थालो या यतै रमाउ पाइलट बाबा आश्रमतिर लाग्ने वा सीधा अगाडि बढ्दै अलिक पर पुगेपछि ठूलो सिमेन्टको ध्याम्पो देख्न सकिन्छ। वरिपरि धेरै होटलहरू खुलेका छन्, खान–बस्नका लागि रोजाइअनुसार सुविधा उपलब्ध पक्कै हुन्छ । धेरै अघि नबढ्दै दोबाटो आउँछ। पूर्वतिर लागे आसापुरे महादेव पुगिन्छ भने पश्चिमतर्फ मोडिँदा रानिकोट जाने बाटो पर्छ। बाटो अलि कच्ची भए पनि सजिलै गाडी जान सक्छ। बाटोमै एउटा चुच्चे ढुङ्गा आउँछ, त्यहाँ मूल बाटो छोडेर अलि हिँड्नु पर्छ। त्यहीँबाट वरिपरिको दृश्य अत्यन्तै मनमोहक देखिन्छ। रानिकोटको विशेषता भनेको साँचो अर्थमै साँझको दृश्य हो।


    रानिकोटको आगमन
    रानिकोट पुगेपछि सबैभन्दा पहिले भिलेज हाईल्याण्ड रिसोर्ट यात्रुलाई स्वागत गर्दछ। यहाँ थरीथरीका खाना–पदार्थ पाइन्छन्। तपाईँको रोजाइअनुसार खान–बस्न सजिलो हुन्छ, पिउन सकिन्छ। तर, वास्तविक आनन्द त प्रकृतिको रोजाइमा रमाउँदा पाइन्छ। छिनछिनमा परिवर्तन हुने मौसमले तपाईंलाई आफैँ हराइदिन बाध्य बनाउँछ—“म कहाँ छु? कहाँ आईपुगेको हो? आहा, कति सुन्दर ठाउॅ! यस्तो त हुन्छ रहेछ। म किन पहिले आएन?” भन्ने प्रश्न मनमा आफैं उठ्छ।

    शहर नजिकै यस्तो अनुपम सौन्दर्य भेटिएछ भनेर अचम्म मान्न मन लाग्छ। रिसोर्ट वरिपरि घना जंगलले घेरेको छ। चरा–चुरुङ्गीको मीठो गीतले स्वागत गर्छ, ती गीतसँगै हावाको मधुर सङ्गीतले मनलाई झनै चञ्चल बनाउँछ।


    बादल र हिमालको लुकामारी
    रानिकोटमा कहिले बादलमाथि, कहिले बादलमुनि, कहिले बादलभित्र भएको अनुभव हुन्छ। बादलसँगको लुकामारीले दिनलाई अझै रमणीय बनाउँछ। वरिपरिको हरियाली, तल देखिने पुरानो शहर भक्तपुर, अनि त्यसको माथि लहरै उभिएका हिमालयको दृश्यले मनलाई मुग्ध बनाउँछ।
    कहिलेकाहीँ तल बादलको सागर हुन्छ, त्यसकै माथि चम्किरहेका सेता हिमाल। यस्तो दृश्यले लाग्छ—“सुन्दरताको नमुना नै यही हो।” साँझपख हिमाल सुनौलो रंगमा रंगिँदा त वर्णन गर्ने शब्द नै हुँदैन। त्यति सुन्दर छ रानि छ रानिकोट ।

    रातको दुर्लभ दृश्य
    जब रात पर्छ, आकाशका तारा र धरतीका बत्ती एकैसाथ टल्किन्छन्। त्यो दृश्य संसारकै दुर्लभ र अनुपम दृश्य मध्ये एक हो। रानिकोट साँच्चै बत्तीमुनिको अँध्यारो जस्तै भएको छ—नजिकै यति सौन्दर्य हुँदाहुँदै पनि थोरैलाई मात्र थाहा।


    वरिपरिको घुमफिर
    रानिकोट वरिपरि घुम्न मिल्ने ठाउँ घेरै छन्। रानिकोट गढी, बाघ भैरव, लाकुरीडाँडातर्फ जाने बाटो, पनौती हुँदै नमबुदसम्म पुग्ने छोटो मार्ग—यी सबै यहाँका विशेष आकर्षण हुन्।
    निष्कर्ष
    रानिकोट त्यस्तो स्थान हो जहाँ जीवनमा कम्तीमा पनि एकपटक अवश्य जानैपर्छ। शहर नजिकै लुकेको स्वर्ग यही हो।
    तपाईँहरू छोटेको छैन, आजै जाउँ है।

    प्रतिकृया दिनुहोस्