News Portal

  • वर्षा

    कुशल बोगटी २०८१ साउन २६
    ३६१ पटक

    साउनको वर्षाले
    मुहानहरु फुटेका छन् यत्रतत्र
    तर,चैतको खडेरीमा पनि
    नरोकिने मुहान
    खोजिरहेको छु।

    साउनमा धानका बालाहरु
    लहलह झुलेका छ्न्
    साउने गीत गाउँदै रोपहारहरु
    उत्पादनको गीत गाइरहेका छन्
    यो झरीमा भिजेर
    देशलाई गुल्जारपा पार्ने अभियान
    खोजिरहेकोछु ।

    सप्तरङ्गी फुलहरुको बडीमालिका
    नयाँ सङ्गीत गुञ्जाउने पचाल झरना
    अविराम प्रवाहित कार्णाली
    ईतिहास बोकेको पिलिको युद्धस्मारक
    विरही बांसुरीको धुन गाइरहेका छन्
    यो परिवेशमा
    अविश्रान्त नयाँ र विद्रोहको धुन
    खोजिरहेको छु ।

    साउने झरीसंगै
    रोपेर सपनाका बोटहरु
    विराट सम्भावनाको आलिङ्गन गर्दै
    समाजवाद पाउने आशामा
    म नयाँ यात्रामा
    हिडिरहेको छु ।

    प्रतिकृया दिनुहोस्