News Portal

  • ग्रामीण पर्यटन प्रवर्द्धन, प्राकृतिक सम्पदाप्रेमी रामसुन्दर बकेलाई घरपझोङ गाउँपालिकाद्धरा सम्मान

    दोलागिरि संवाददाता२०८२ चैत्र १८
    १९ पटक

    काठमाडौं । पर्यटन अभियन्ता तथा समाजसेवी रामसुन्दर बके लाई घरपझोङ गाउँपालिकाले जोमसोम मा एक भव्य समारोहबीच स्वागत तथा सम्मान गरेको छ।

    गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन ले स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा अभियन्ता बकेलाई सम्मान गरेका हुन्। अध्यक्ष लालचनले ग्रामीण पर्यटन प्रवर्द्धन, प्राकृतिक सम्पदाको संरक्षण तथा दिगो पर्यटन विकासमा बकेले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै उक्त सम्मान गरिएको स्पष्ट पारे।

    सो अवसरमा अभियन्ता बकेले मुस्ताङ जिल्ला अनुपम प्राकृतिक सम्पदा, मौलिक संस्कृति र अपार पर्यटन सम्भावनाले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति र स्थानीय जनताको आत्मीयताले आफू अत्यन्त प्रभावित बनेको बताए। उनले यस्तो सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको उल्लेख गर्दै स्थानीय तह, समुदाय र पर्यटन व्यवसायीबीच सहकार्य मजबुत बनाएमा मुस्ताङलाई अन्तर्राष्ट्रिय स्तरको आकर्षक पर्यटन

    गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे।
    उनी रानीकोट, भक्तपुरस्थित Village Highland Resort का अध्यक्ष समेत हुन्।

    प्रतिकृया दिनुहोस्