News Portal

  • भक्तपुरमा दशौं औद्योगिक तथा सांस्कृतिक महोत्सव चैत २६ देखि वैशाख छ सम्म हुदैं

    महोत्सवको प्रमुख आकर्षणका रूपमा ‘लन्डन ब्रिज’

    दोलागिरि संवाददाता२०८२ चैत्र १८
    ३५४ पटक

    भक्तपुर, १८ चैत । जनसरा ऐडी।
    दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आगामी चैत २६ देखि वैशाख ६ गतेसम्म भक्तपुरको  सल्लाघारीस्थित चौरमा ११ दिनसम्म सञ्चालन हुने भएको छ।
    महोत्सवको प्रमुख आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ राखिनेछ भने बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक साधनहरू रहनेछन्।

    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा हुने महोत्सवमा १५० भन्दा बढी स्टलहरू रहनेछन्, जहाँ खाद्यान्न, लत्ताकपडा, जुत्ता, हस्तकला, कृषि सामग्री, अटोमोबाइल तथा इलेक्ट्रोनिक्स सामग्रीहरू प्रदर्शन तथा बिक्री गरिनेछ।

    साथै खाना महोत्सव, फेसन शो, नृत्य, हास्यव्यङ्ग्य तथा दैनिक सांगीतिक कार्यक्रम पनि आयोजना गरिनेछ। करिब ५ करोडको कारोबार र २ लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
    प्रवेश शुल्क विद्यार्थीका लागि रु. ५० र सर्वसाधारणका लागि रु. १०० तोकिएको छ।

    प्रतिकृया दिनुहोस्