News Portal

  • पर्यटन प्रवर्द्धनका लागि : गन्तव्य मध्यपुर कार्यक्रम शुभारम्भ

    दोलागिरि संवाददाता२०८२ चैत्र २८
    ६ पटक

    २८ चैत्र २०८२ भक्तपुर — मध्यपुर थिमि नगरपालिकाको आयोजनामा “गन्तव्य मध्यपुर” कार्यक्रम भव्य रूपमा शुभारम्भ गरिएको छ। बागमती प्रदेशका पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ औपचारिक उद्घाटन गरिएको हो।


    कार्यक्रमअन्तर्गत श्री राज गणेश धिमे खल्को सहकार्यमा खुल्ला धिमे बाजा प्रतियोगिता आयोजना गरिएको छ। साथै भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा स्थानीय घरेलु उत्पादन प्रदर्शनी तथा परिकार मेला सञ्चालन गरिएको छ, जसले स्थानीय कला, सीप र उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।


    यसै अवसरमा मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित शंखधरचोकको थिमिको उकालो क्षेत्रमा स्थानीय उत्पादन बिक्री कक्षहरूको समेत शुभारम्भ गरिएको छ। यी कक्षहरूले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र आन्तरिक पर्यटनलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


    कार्यक्रममार्फत मध्यपुर थिमिको मौलिक संस्कृति, परम्परा र स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्दै नयाँ पहिचान स्थापित गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ। “गन्तव्य मध्यपुर” कार्यक्रमले स्थानीय अर्थतन्त्र सुदृढ गर्न तथा पर्यटक आकर्षित गर्न टेवा पुर्‍याउने विश्वास गरिएको छ।

    प्रतिकृया दिनुहोस्