News Portal

  • भक्तपुरमा १५ दिने बोटल आर्ट तालिम शुरु, युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्य

    दोलागिरि संवाददाता२०८३ जेठ १
    ३० पटक

    भक्तपुर, १ जेठ । उद्योग तथा वाणिज्य कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा सूर्यविनायक नगरपालिका–बलाक्वस्थित संघको सचिवालय, घरेलु मार्गमा १५ दिने बोटल आर्ट तालिम शुरु भएको छ।
    तालिम उद्घाटन कार्यक्रममा संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ ले संघको मुख्य उद्देश्य युवाहरूलाई उद्यमी र स्वरोजगार बनाउनु रहेको बताउनुभयो। सोही उद्देश्यअनुसार तालिम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले प्रशिक्षार्थीहरूलाई तालिमबाट सिकेका सीप व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।
    कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्मा ले कार्यालयले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै निरन्तर तालिम तथा गोष्ठी सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले सबै लक्षित वर्गसम्म सूचना पुर्‍याउन चुनौती हुने भएकाले संघ–संस्थासँगको सहकार्य प्रभावकारी हुने बताउँदै यस तालिमले शीशाका बोतलहरूको सिर्जनात्मक प्रयोग तथा कला विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
    त्यसैगरी उद्योग तथा वाणिज्य कार्यालयका अधिकृत राजेन्द्र सुवेदी ले तालिमको महत्वबारे प्रकाश पार्दै सीपमूलक ज्ञानले फुर्सदको समय सदुपयोग गर्न र आयआर्जनको अवसर सिर्जना गर्न मद्दत गर्ने बताउनुभयो। उहाँले सहभागीहरूलाई तालिम अवधिभर ध्यानपूर्वक सिक्न शुभकामना समेत दिनुभयो।
    संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजा ले भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन धेरै हुने भएकाले पर्यटक लक्षित सामग्री उत्पादन गर्न सके बजारको अभाव नहुने धारणा राख्नुभयो।
    कार्यक्रममा प्रमुख प्रशिक्षक उमेश नकर्मी ले आफ्नो अनुभव सुनाउँदै आफू इन्जिनियरिङ पेसामा रहे पनि सभा–समारोह तथा भोजभतेरमा धेरै शीशाका बोतल खेर गइरहेको देखेपछि त्यसको सदुपयोगबारे अध्ययन गर्दै बोटल आर्टमा आकर्षित भएको बताउनुभयो। उहाँले शीशाका बोतलहरूमा कला भरेर आकर्षक उपहार सामग्री तयार गर्न सकिने तथा यसबाट राम्रो आम्दानी गर्न सकिने अपेक्षा व्यक्त

    प्रतिकृया दिनुहोस्