News Portal

  • गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

    दोलागिरि संवाददाता२०८३ कार्तिक २८
    ३५ पटक

    २६ कार्तिक २०८३
    पोखरा । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा २०८३ असोज २६ गते सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ।

    साधारणसभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर तथा नगद लाभांशको करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।


    सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ।
    त्यसैगरी आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायत सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरू पनि पारित भएका छन्।

    हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा रहेको छ। साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर वितरणपश्चात् बैंकको जारी तथा चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ।

    २०औँ वार्षिक साधारणसभाबाट लाभांश वितरणसँगै बैंकको वित्तीय विवरण तथा आगामी आर्थिक वर्षका लागि आवश्यक नीतिगत र संस्थागत प्रस्तावहरू पारित भएका छन्। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी थप वृद्धि हुने र यसले बैंकको पुँजीगत आधारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्