News Portal

  • विनायक शिक्षा निकेतनमा ६० विद्यार्थी दीक्षित

    दोलागिरि संवाददाता२०८२ चैत्र २६
    १२५ पटक

    भक्तपुर, २६ चैत — मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतनमा पूर्व प्रावी तह पूरा गरेका विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा ६० जना विद्यार्थीहरू दीक्षित भएका छन्।
    कार्यक्रमका प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ का वडा सदस्य अरुणा कारणजीतले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
    विद्यालयका प्रबन्धक शोभा प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अभिभावकहरू महेश प्रजापति, सोनी मानन्दर र लिना प्रजापतिले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
    संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयले पढाइसँगै संस्कार र बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताउनुभयो।


    कार्यक्रमको सञ्चालन पूर्व प्रावी तह संयोजक पद्मा श्रेष्ठले गर्नुभएको थियो। समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।

    प्रतिकृया दिनुहोस्