News Portal

  • चाँगुनारायण नगरपालिकाबाट डेरी उद्योग अनुगमन

    दोलागिरि संवाददाता२०८२ भाद्र १७
    २०९ पटक

    भाद्र १७, मंगलबार । चाँगुनारायण नगरपालिकाले वडा नं. ५, ६ र ७ भित्र सञ्चालनमा रहेका विभिन्न डेरी उद्योग तथा फार्महरूको नियमित अनुगमन गरेको छ। नगरपालिकाको प्राविधिक टोलीले मंगलबार गरेको अनुगमनमा बास्तोला डेरी फार्म, खरिपाटी डेरी प्रा.लि., शिवपुरी फ्रेश डे डेरी र कालिका डेरी कम्पनी प्रा.लि. लगायतका डेरी उद्योगहरुमा अनुगमन गरेको  थिए।

    अनुगमनका क्रममा दर्ता नभएका डेरी उद्योगलाई ७ दिनभित्र स्थानीय तहमा अनिवार्य रूपमा दर्ता प्रक्रियामा आबद्ध हुन निर्देशन दिइएको छ। त्यससँगै उत्पादन, प्रशोधन र बिक्री–वितरण प्रक्रियामा अझ बढी सफा–सफाइमा ध्यान दिनुपर्ने, प्याकिङ र लेभलिङ व्यवस्थित गर्नुपर्ने सुझाव पनि दिइएको छ।

    प्राविधिक टोलीले मापदण्ड विपरीत पाइएका करिब ५० लिटर मोही तत्काल नष्ट गरेको छ। यसले डेरी व्यवसायलाई गुणस्तरमा सम्झौता नगरी सञ्चालन गर्नुपर्ने आवश्यकता स्पष्ट पारेको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकतामा राख्दै गुणस्तरीय दुग्ध उत्पादन उपलब्ध गराउने वातावरण बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइने बताएको छ। साथै, मापदण्ड विपरीत पाइने डेरी उद्योगमाथि आवश्यक कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

    प्रतिकृया दिनुहोस्