News Portal

  • एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

    एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

    दोलागिरि संवाददाता२०८२ साउन ८
    २०० पटक

    भक्तपुर, असार ७ – एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच स्वास्थ्य उपचार सेवामा सहकार्य गर्ने उद्देश्यले एक सम्झौता सम्पन्न भएको छ।

    सम्झौता अनुसार, अब एनआईसी एशिया बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा उपचार सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

    उक्त छुट सुविधा लिनका लागि ग्राहकहरुले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक (MoBank) मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

    बैंकले आफ्ना ग्राहकलाई सहज, डिजिटल र सुलभ सेवा प्रदान गर्न निरन्तर विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको छ। यस किसिमको साझेदारीले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ र किफायती बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्