दोलागिरि संवाददाता२०८१ कार्तिक १४



भक्तपुर । भक्तपुर अस्पतालमा मंगलबारबाट आँखाको शल्यक्रिया सेवा थप गरेको छ ।
बागमती प्रदेश भित्रका १३ वटा अस्पताल अन्तरर्ग भक्तपुर एक हो । सवे भन्दा पुरानु अस्पताल पनि हो । उक्त अस्पतालमा आँखाको शल्यक्रिया सेवा सुरु गरेको छ । उक्त सेवा सुरु गरेकोमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सामाजिक संन्जाल फेसबुक मार्फत जानकारी दिएका छन ।
मन्त्री थापाले आँखाको शल्यक्रिया सेवा थप प्रभावकारी ढंगले सञ्चालन गर्न मन्त्रालयले भुमिका खेल्ने र उचित बजेटको र दरबन्दीसहित चिकित्सकीय सेवा प्रदेश भित्रका सवै अस्पतालमा विस्तार गर्दै जान मन्त्रालयले आवश्यक बजेट ब्यावस्थापन गर्ने पनि जानकारी दिएका छन् ।
