Skip

News Portal

  • देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ जना पुगे

    दोलागिरि संवाददाता२०८१ साउन १९
    ९५ पटक

    काठमाडौँ । ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ जना पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।

    काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँको टोखाका १ जनामा र ललितपुर जिल्लाको गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १६ जनामा हैजा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।

    यस्तै, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको ८ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । पानीमा दिशाजन्य पदार्थको मिश्रण हुँदा मानिसमा हैजा देखिने गर्दछ । निर्मलीकरण गरेको पानी मात्रै पिउन विज्ञहरूको सुझाव छ

    प्रतिकृया दिनुहोस्