News Portal

  • बाढीपीडितको राहतका लागि जिल्ला प्याब्सन भक्तपुरद्वारा १ करोड १९ लाख रुपैयाँभन्दा बढी सहयोग

    दोलागिरि संवाददाता२०८३ भाद्र २५
    १०८ पटक

    भक्तपुर । भोटेकोशी बाढीबाट ठूलो धनजनको क्षति भएका नुवाकोट, रसुवा, धादिङलगायत विभिन्न क्षेत्रका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि जिल्ला प्याब्सन भक्तपुरले रु. १ करोड १९ लाख ३ हजार ७ सय ८५ रुपैयाँ ३४ पैसा सहयोग गरेको छ।
    जिल्ला प्याब्सन भक्तपुरको आह्वानमा सदस्य विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालयबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न केन्द्रीय प्याब्सनलाई हस्तान्तरण गरिएको हो।
    जिल्ला प्याब्सन भक्तपुरका अध्यक्ष राजन कास्पालले विपद्को समयमा सहयोग अभियानमा सहभागी सम्पूर्ण सदस्य विद्यालय, प्रधानाध्यापक, विद्यार्थी तथा शिक्षक–कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।
    अध्यक्ष कास्पालले विपद्को समयमा देखाइएको एकता, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता जिल्ला प्याब्सन भक्तपुरको गौरव भएको बताए। उनले संकलित सहयोगले विपद्मा परेका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
    जिल्ला प्याब्सन भक्तपुरले विपद्मा परेका नागरिकको सहयोगका लागि मानवीय सेवामा हातेमालो गर्नसमेत आह्वान गरेको छ।

    प्रतिकृया दिनुहोस्