News Portal

  • अन्नपूर्ण बहुमुखी सहकारीको २९औँ वार्षिक साधारण सभा सम्पन्न

    दोलागिरि संवाददाता२०८३ भाद्र २२
    २९ पटक

    भक्तपुर, भदौ २१ — अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारण सभा आज मध्यपुर थिमी नगरपालिका–३, चारदोबाटोस्थित ठिमी बैङ्क्वेटमा विधिवत् रूपमा सम्पन्न भएको छ।
    साधारण सभामा संस्थाका ६९ प्रतिशत शेयर सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। सदस्यहरूको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न सभाले संस्थाको वार्षिक गतिविधि, प्रगति तथा आगामी कार्यदिशाका विषयमा छलफल गरेको जनाइएको छ।
    संस्थाले साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू, सेवा केन्द्र सञ्चालन समितिका सदस्यहरू, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, कर्मचारी तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गरेको छ।
    त्यसैगरी, साधारण सभा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सम्बद्ध महानुभावहरूप्रति पनि संस्थाले हार्दिक आभार प्रकट गरेको छ।


    संस्था परिवारले सदस्यहरूको निरन्तर साथ, सहयोग र विश्वासलाई संस्थाको प्रगतिको महत्वपूर्ण आधारका रूपमा लिँदै आगामी दिनमा पनि सहकारीको उद्देश्य, सदस्य हित र संस्थागत विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
    अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडले साधारण सभामा सहभागी भई सभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्