News Portal

  • विप्लवको प्रश्न– मान्छे र पार्टीमा मात्र होइन, सत्ता र व्यवस्थाको विकल्प खोज्नुपर्छ

    दोलागिरि संवाददाता२०८३ भाद्र २५
    ३९ पटक

    काठमाडौं, भदौ २४। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक वर्षअघि भएको जेन–जी विद्रोहले सरकार कायापलट गरेको भए पनि त्यसबाट जनताका अपेक्षा पूरा हुन नसकेको बताएका छन्।

    भदौ २४ गते सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै विप्लवले जेन–जी विद्रोहपछि नागरिकमा पीडा, खुसी, आशंका र अपेक्षा पैदा भएको स्मरण गरेका छन्। एक वर्षको अवधिमा नयाँको हावा जोडदार रूपमा चलेको र नयाँ सरकार बने पनि जेन–जी तथा जनताका अपेक्षा लगभग चकनाचुर भएको उनको टिप्पणी छ।

    पुराना दलहरूको भ्रष्टाचार, राष्ट्रघात र बेथितिविरुद्ध जेन–जीले संघर्ष गरेको उल्लेख गर्दै विप्लवले त्यसको विकल्पका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नभई नेपाली विशेषताको समाजवाद आवश्यक रहेको बताएका छन्।

    उनले जेन–जी पुस्तालाई सत्ता र व्यवस्थाको विकल्प खोज्न आग्रह गर्दै भनेका छन्  तपाईंहरूले साच्चै जनता र देशको भविष्य खोज्ने हो भने मान्छे र पार्टीमा मात्र होइन सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ।

    सही विचार, सिद्धान्त र नेतृत्व लिएमा मात्रै देश सफल बन्न सक्ने धारणा राख्दै विप्लवले जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूप्रति श्रद्धाञ्जली र उनीहरूका परिवारजनप्रति असिम समवेदना व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्