News Portal

  • एमाले–नेकपाबीच सातै प्रदेशमा सत्ता साझेदारी गर्ने सहमति

    दोलागिरि संवाददाता२०८३ साउन ९
    ३५ पटक

    काठमाडौं, साउन ९। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा संयुक्त सरकार गठन तथा सत्ता साझेदारी गर्ने सहमति भएको छ। दुवै दलका शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
    सहमतिपत्रमा प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीन अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्य उल्लेख गरिएको छ।
    सहमतिअनुसार सातै प्रदेशमा दुवै दलले सहकार्य गरी संयुक्त सरकार गठन गर्नेछन्। कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ। मधेश र गण्डकी प्रदेशमा भने अन्य राजनीतिक दलहरूसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ।
    यो सहमतिसँगै प्रदेश सरकारहरूको नयाँ सत्ता समीकरण बन्ने र संयुक्त सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। राजनीतिक वृत्तमा यस सहमतिलाई प्रदेशस्तरीय सत्ता सहकार्यको नयाँ अध्यायका रूपमा हेरिएको छ।

    प्रतिकृया दिनुहोस्