News Portal

  • सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा

    दोलागिरि संवाददाता२०८३ आश्विन २९
    २३ पटक

    २९ असोज २०८३ भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बिहीबार आयोजित विशेष समारोहबीच बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ।

    बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न घोषणा समारोहमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, विभिन्न सरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा नगरवासीहरूको सहभागिता रहेको थियो।
    कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले बालमैत्री स्थानीय शासनको महत्त्वमाथि प्रकाश पार्दै बालबालिकाको हक, अधिकारको संरक्षण, बालमैत्री वातावरण निर्माण तथा उनीहरूको सर्वाङ्गीण विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बालबालिकाको सुरक्षित, सम्मानजनक र अवसरयुक्त भविष्य निर्माण गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।घ
    नगरपालिकाका १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकिएको र आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि समग्र नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको हो।


    बालमैत्री स्थानीय शासनको अवधारणाले बालबालिकाको अधिकार सुनिश्चित गर्ने, उनीहरूको सहभागिता बढाउने, संरक्षण र विकासका अवसर विस्तार गर्ने तथा स्थानीय नीति, योजना र कार्यक्रममा बालबालिकाका सवाललाई प्राथमिकता दिने लक्ष्य राखेको छ।
    सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिनु बालअधिकार संरक्षण, बालमैत्री सेवा प्रवाह र बालबालिकाको हितलाई स्थानीय विकाससँग जोड्ने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यस उपलब्धिलाई दिगो बनाउन घोषणा गरिएका सूचकहरूको निरन्तर कार्यान्वयन, अनुगमन तथा बालमैत्री कार्यक्रमको प्रभावकारी सञ्चालन आवश्यक हुनेछ।

    प्रतिकृया दिनुहोस्