News Portal

  • नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा केन्द्रीय कमिटी सदस्य सुरेन्द्र मानन्धरलाई उठाउने

    दोलागिरि संवाददाता२०८१ कार्तिक १६
    ३९७ पटक

    १६ कात्तिक, काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा केन्द्रीय कमिटी सदस्य सुरेन्द्र मानन्धरलाई उठाउने तयारी गरेको छ ।

    मानन्धरको नाम नगर कमिटीको शुक्रबार बसेको बैठकले सर्वसम्मत रुपमा सिफारिस गरेको छ । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् ।

    एमालेमा नगरले जिल्लामा सिफारिस गर्छ, जिल्लाले पठाउको नाममा प्रदेशले निर्णय लिने व्यवस्था छ । तर आकांक्षीहरुले समर्थन गरेर सर्वसम्मत नाम आएकाले उनलाई नै उठाउने एक नेता बताउँछन् ।

    उनले भने अरु आकांक्षी नै नभएपछि उहाँलाई नउठाएर कसलाई उठाउने भने कीर्तिपुरको मेयरका लागि १६ मंसिरमा उपचुनाव हुनेछ ।आगमी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनको दलहरुले उम्मेदवार तोक्नेलगायतका तयारी गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्