News Portal

  • भक्तपुर यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व निर्वाचित

    दोलागिरि संवाददाता२०८२ भाद्र ६
    ७६ पटक

    भक्तपुर, २०८२ भदौ —
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला समितिको निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ। निर्वाचन अधिकृत किरण न्यौपानेको नेतृत्वमा सम्पन्न मतदान प्रक्रियाबाट पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन्।

    निर्वाचन समितिका अनुसार अध्यक्षमा रामकाजी भुजु (भुप भक्तपुर मिनिबस) निर्वाचित भएका छन् भने सचिवमा लक्ष्मीप्रसाद गोरा (भक्तपुर ट्याक व्यवसायी संघ), कोषाध्यक्षमा मनोज श्रेष्ठ (जनता यातायात) चयन भएका छन्।

    त्यसैगरी सदस्यहरूमा प्रेम लामा (जनता यातायात), जागृनामान श्रेष्ठ (शंखधर नयाँकाल यातायात), युवराज घलामी (भक्तपुर मुनिबस यातायात), तुलसीमान शाक्य (भक्तपुर मुनिबस यातायात), सत्यनारायण खुवाल (जनता यातायात), निरन्त थापा क्षेत्री (सुगम यातायात) र चन्द्रकृष्ण खड्का (भक्तपुर ट्याक व्यवसायी संघ) निर्वाचित भएका छन्।

    महासंघको विधान २०६२ र निर्वाचन निर्देशिकाअनुसार सम्पन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराइ महाधिवेशनलाई शान्तिपूर्ण, व्यवस्थित र अनुशासित बनाउने कार्यमा सबैको सहयोग रहको निर्वाचन समितिले जनाएको छ।

    प्रतिकृया दिनुहोस्