काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले आउँदै गरेको दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र रु. १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । असोज ८ गतेदेखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई पे एपमार्फत् आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले रु.१ मा टिकट प्राप्त गर्नेछन् ।
भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको रु. १ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन् । आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा रु. ८१ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरुले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउने छन् ।
चाड पर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरुलाई लक्षित गरी आइएमई पेले यस अफर सार्वजनिक गरेको जनाएको छ । आइएमई पेप्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरु माझ चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरुप समर्पण गरिएको जानकारी दिए ।